logo

गाउँपालिका बन्द उल्लंघन गरेको भन्दै तोडफोड

    1483   पटक पढिएको


२१ पुष / अर्थ र व्यापार - गोरखा। गोरखाको भिमसेन गाउँपालिकाको केन्द्र स्थानान्तरणको बिरोधमा उत्रिएका बगुवाका स्थानीयले बन्द उल्लंघन गरेको भन्दै सवारी साधन तोडफोड गरेका छन् । शुक्रवार बन्द आह्वान गरेका त्यहाँका स्थानीयले उलंघन गरेको भन्दै लु ४ त ३६६३ नम्बरको ट्याक्टर र ना १२ प ९०१० नम्बरको मोटरसाइकलमा तोडफोड गरेका हुन् ।

त्यस्तै आन्दोलनमा उत्रिएका स्थानीयले मोटरसाइकल चालक यमजि बिकलाइ कुटपिट समेत गरेका छन् । कुटपिटबाट घाइते बिकको घ्याम्पेशाल मेडिकलमा उपचार भएको छ । तोडफोड बाट ट्याक्टरको अगाडीको दुवै साइड लाइट फुटेको छ भने मोटरसाइकलको अगाडीको हेडलाइट फुटेको घ्याम्पेशाल प्रहरी चौकी इन्चार्ज हरि प्रसाद अर्यालले बताए । आन्दोलनकारीहरुले ट्याक्टरमा आगजनी समेत गर्न खाजेका थिए ।

भिमसेन गाउँपालिकाको केन्द्र वगुवाबाट घ्याम्पेशाल सार्ने निर्णयको बिरोधमा उनीहरुले शुक्रवार गाउँपालिका बन्द गरेका हुन् । बिहानैदेखि करिव ७० जना स्थानीयहरु बन्द गराउन सडकमा उत्रिएका थिए । बन्दका कारण गोरखा आरुघाट सडक खण्डमा सवारी चल्न सकेका छैनन् । गत कात्तिक १९ गते गाउँपालिकाको बैठकले वगुवामा रहेको भिमसेन गाउँपालिकाको केन्द्र घ्याम्पेशाल सार्ने निर्णय गरेर मन्त्रिपरिषदमा पत्राचार गरेको थियो । आवश्यक सरसल्लाह बिना एकलौटी ढंगल केन्द्र सार्ने निर्णय गरेको भन्दै स्थानीयहरुले बिरोध जनाउदै आएका छन् । सोही क्रममा बिहीवार उनीहरुले गाउँपालिकाको कार्यालयमा तालावन्दी समेत गरेका थिए ।

यता गाउँपालिका प्रमुख इश्वर पाण्डेले शुक्रवार गोरखा सदरमुकाममा पत्रकार सम्मलेन गर्दै गाउँपालिका बन्द गराउनु, सर्वसाधारणको काम रोक्नु, अधिकार खोस्नु संविधान बिरोधी काम भएको बताए । उनले गाउँपालिकाको केन्द्रको विषयमा बिवाद झिकेर बिकास रोक्न नहुने, गाउँपालिका बन्द गर्न नहुने भन्दै तत्काल खोल्ने बताएका छन् । मन्त्रिपरिषदले केन्द्रजहाँ राख्न निर्णय गर्छ त्यहाँ नै बसेर जनताको सेवा गर्न तयार रहेको प्रमुख पाण्डेले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।