logo

दीपायललाई प्रदेश राजधानी तोक्न माग गर्दै डोटीमा आन्दोलन

    1305   पटक पढिएको


१९ पुष / अर्थ र व्यापार - डोटी । ७ नम्बर प्रदेशको राजधानी दिपायल माग्दै ‘हड्ताल’ शुरु भएको छ । मंगलबारसम्म शान्तिपूर्ण रुपमा भैरहेको ‘दबाबमूलक’ आन्दोलन बुधबार बिहानैबाट हड्तालमा परिणत गरिएको छ ।

‘हाम्रो रचनात्मक दबाब सरकारले सुन्ने छाँटकाँट देखिएन। उल्टै अनेकथरी खबरहरु बाहिरिन थाले,’ संघर्ष समितिका संयोजक डोटी उद्योग वाणिज्य संघका अध्यक्ष नरेन्द्र खड्काले भने,‘त्यसैले अब हामी सशक्त आन्दोलनमा उत्रिन बाध्य भएका छौ ।’ सरकारले दिपायलको पक्षमा निर्णग नगरेसम्म हड्ताल ‘अनिश्चितकालिन’ रहने उनले बताए । मंगलबार प्रधानमन्त्री एबं मन्त्रीपरिषदको कार्यालय तथा सहरी विकास मन्त्रालयले ७ नम्बर प्रदेशको राजधानी धनगढी तोक्ने तयारी सहितको खाका बनाईरहेको समाचार बाहिरिएकोथियो । सो समाचारपछि यहाँका बासिन्दा झन आक्रोशित देखिएका हुन्। ‘समाचारले सकारात्मक सन्देश दिएन। त्यसैले अब सशक्त आन्दोलनको बिकल्प नदेखेपछि हड्तालमा उत्रिएका हौ,’ अध्यक्ष खड्काले भने ।

बिहानैदेखी, सडक, बजार सबै बन्द गरिएका छन्। जसले डोटी हुँदै सुदूरपश्चिमका पहाडी जिल्ला र तराई जिल्ला तर्फ हुने सवारी ठप्प भएको छ । हज्जारौ स्थानीयबासी ठाउँठाउँबाट सडकमा उत्रिएर बिरोध जनाउन शुरु गरेका छन् ।  दिउँसो सरकारी कार्यालय, विद्यालय लगायतका सबै कार्यालय समेत ठप्प पारिने संघर्ष समितिले जनाएको छ । यस्तै सुदूरपश्चिमका सातवटै पहाडी जिल्लालाई तराईसंग जोड्ने भिमदत्त राजमार्ग समेत अबरुद्ध पारिने संघर्ष समितिले योजना बनाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।