logo

दीपायललाई प्रदेश राजधानी तोक्न माग गर्दै डोटीमा आन्दोलन

    1714   पटक पढिएको


१९ पुष / अर्थ र व्यापार - डोटी । ७ नम्बर प्रदेशको राजधानी दिपायल माग्दै ‘हड्ताल’ शुरु भएको छ । मंगलबारसम्म शान्तिपूर्ण रुपमा भैरहेको ‘दबाबमूलक’ आन्दोलन बुधबार बिहानैबाट हड्तालमा परिणत गरिएको छ ।

‘हाम्रो रचनात्मक दबाब सरकारले सुन्ने छाँटकाँट देखिएन। उल्टै अनेकथरी खबरहरु बाहिरिन थाले,’ संघर्ष समितिका संयोजक डोटी उद्योग वाणिज्य संघका अध्यक्ष नरेन्द्र खड्काले भने,‘त्यसैले अब हामी सशक्त आन्दोलनमा उत्रिन बाध्य भएका छौ ।’ सरकारले दिपायलको पक्षमा निर्णग नगरेसम्म हड्ताल ‘अनिश्चितकालिन’ रहने उनले बताए । मंगलबार प्रधानमन्त्री एबं मन्त्रीपरिषदको कार्यालय तथा सहरी विकास मन्त्रालयले ७ नम्बर प्रदेशको राजधानी धनगढी तोक्ने तयारी सहितको खाका बनाईरहेको समाचार बाहिरिएकोथियो । सो समाचारपछि यहाँका बासिन्दा झन आक्रोशित देखिएका हुन्। ‘समाचारले सकारात्मक सन्देश दिएन। त्यसैले अब सशक्त आन्दोलनको बिकल्प नदेखेपछि हड्तालमा उत्रिएका हौ,’ अध्यक्ष खड्काले भने ।

बिहानैदेखी, सडक, बजार सबै बन्द गरिएका छन्। जसले डोटी हुँदै सुदूरपश्चिमका पहाडी जिल्ला र तराई जिल्ला तर्फ हुने सवारी ठप्प भएको छ । हज्जारौ स्थानीयबासी ठाउँठाउँबाट सडकमा उत्रिएर बिरोध जनाउन शुरु गरेका छन् ।  दिउँसो सरकारी कार्यालय, विद्यालय लगायतका सबै कार्यालय समेत ठप्प पारिने संघर्ष समितिले जनाएको छ । यस्तै सुदूरपश्चिमका सातवटै पहाडी जिल्लालाई तराईसंग जोड्ने भिमदत्त राजमार्ग समेत अबरुद्ध पारिने संघर्ष समितिले योजना बनाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।