logo

सहकारी विकास बोर्डको सह - अध्यक्षमा सहकारी अभियन्ता पौडेल नियुक्त,

    1469   पटक पढिएको


२१ कार्तिक / अर्थ र व्यापार - काठमाडौं सरकारले सहकारी विकास बोर्डको सह–अध्यक्षमा सहकारी अभियन्ता दक्ष पौडेललाई नियुक्त गरेको छ । राष्ट्रिय सहकारी संघका केन्द्रीय सदस्यसमेत रहेका पौडेललाई सोमबार बसेको मन्त्रिपरिषदको बैठकले आगामीचार वर्षे कार्यकालमा नियुक्त गरेको हो । लामो समयदेखि सहकारी क्षेत्रमा क्रियाशीलपौडेल यसअघि सहकारी विकास बोर्डको सञ्चालकथिए । बोर्डको अध्यक्ष सहकारी मन्त्री रहने नीतिगत व्यवस्था छ । यसअघि बोर्डको सहअध्यक्षमा सरोज शर्मा्थिए । बोर्डले सहकारीका लागिआवश्यक नीतिनियम बनाउने काम गर्छ ।
नवनियुक्त पौडेलले सहकारी क्षेत्रमा देखिएका विकृति न्यूनीकरण गर्दै सहकारी संस्थालाई सहकारीको मूल्यमान्यताअनुसार सञ्चालन गर्नका लागि पहल गर्ने बताए । सहकारीका विश्वव्यापी मान्यतालाई अक्षरशः पालना हुनेगरी समतामूलक समाज निर्माणका लागि खुला बजार अर्थतन्त्रमा आधारित सहकारी अभियानलाई व्यापक रुपमा परिचालनगर्ने योजना रहेको पौडेलले सुनाए ।‘सहकारीको नामबाट जनता ठग्ने र राज्य ठग्ने परिपाटी अन्त्यगर्नकालागि दण्ड सजायआवश्यक छ,’ पौडेलले भने, ‘सहकारीलाई खुम्च्याउने होइन बढाउनुपर्छ ।’
अहिले मुलुकभर ३३ हजार सहकारी २१ भन्दाबढीविषयगत सहकारी संघ छन् । सदस्यता, कार्यक्षेत्र व्यापकबनाएर व्यक्ति, फार्म, संस्थाले सदस्यलिनपाउनुपर्ने व्यवस्थागर्नुपर्ने पौडेलले बताए । ‘खुला सदस्यताविश्वव्यापीमान्यताहो,’ उनले भने, ‘व्यक्ति, संस्था, फर्मले समस्यतालिन सकोस् भन्ने मान्यता छ ।’ सहकारीको संख्यात्मक वृद्धिलाई घटाएर गुणस्तर विकास गर्दै सेवामाविविधीकरण गर्नुपर्ने बताए । सहकारी क्षेत्रले बचत र ऋणको कारोबारमात्रहोइनउत्पादनमूलक क्षेत्रमालगानीगर्न आवश्यक रहेको पौडेलको धारणा छ । विदेशबाट आउने रेमिटेन्सलाई सहकारीमार्फत भित्रयाएर उत्पादनमालगाई स्वदेशमै रोजगारीको सिर्जना गर्नुपर्ने माउनले जोड दिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।