logo

नवनियुक्त अर्थमन्त्री पौडेलद्धारा पदभार ग्रहण, पहिलो निर्णय विश्व बैंकसँग ऋण लिने 

    1740   पटक पढिएको


२९ असोज/अर्थ रव्यापार– राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष शपथ लिएसँगै नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले सिंहदरबार स्थित अर्थमन्त्रालयमा पदभार ग्रहण गरेका छन् ।  

पदभार ग्रहण गर्नुपुर्व शहीदलाई माल्यर्पण गर्न अर्थमन्त्री विष्णु पौडेल कीर्तिपुर पुगेका थिए । 

कोरोना भाइरस संक्रमणको सतर्कताका कारण मन्त्रीको स्वागतार्थमा अर्थसचिव शिशिर कुमार ढुंगाना र राजस्व सचिव रामशरण पुडासैनी लगायतका थोरै कर्मचारीको मात्रै उपस्थिति थियो ।

पदभार ग्रहणपछि मन्त्री पौडेलले कर्मचारीहरुसँग छलफल गरेका छन् । पौडेलले कर्मचारीसँग अर्थतन्त्रका बारेमा ब्रिफिङ गरेका हुन् । 

कर्मचारीसँग अर्थतन्त्रका बारेमा ब्रिफिङ पश्चात मन्त्री पौडेलले विश्व बैंकसँग ऋण लिने निर्णयमा पहिलो हस्ताक्षर गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।