logo

सात दिनभित्र आधिकारिकता दाबी गर्न दाहाल–नेपाल र ओली पक्षलाई निर्वाचन आयोगको पत्र

    2028   पटक पढिएको

२४ पुस/अर्थ र व्यापार– निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दाहाल–नेपाल र ओलीसमूहलाई सात दिनभित्र आधिकारिकता दाबी गर्न निर्वाचन आयोगले पत्र पठाएको छ ।

नेकपाले आधिकारिकताका लागि दिएका पत्रहरूको व्यहोरा समावेश गरेर आयोगले दवै पक्षलाई पत्र पठाएको हो।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आयोगले निर्णय गरेर दुवै पक्षलाई पत्राचार गरिसकेको भन्दै सात दिनभित्र आधिकारिकता दाबीसहित आएमा त्यसपछि थप प्रक्रिया अघि बढाईने बताए ।

राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार दल विभाजनपछि आधिकारिकता दाबी गर्नुपर्ने हुन्छ । तर आयोगले यसअघि नै पत्र पठाएको भए पनि दुवै समूहले आधिकारिकताको दाबी गरेका छैनन् ।

अहिलेसम्म नेकपाका दुवै समूहले केन्द्रीय कमिटीका बैठकका निर्णय, एकले अर्कालाई कारबाही गरेको पत्र र बहुमत रहेको निवेदन भने दर्ता गरेका छन् । त्यसरी दिएको निवेदन कानुनसम्मत नहुने आयोगले बताएको छ ।आयोगमा दाहाल–नेपाल समूहले अहिलेसम्म तीनवटा र ओली समूहले दुईवटा निवेदन पेस गरेका छन् ।

राजनीतिक दलसम्बन्धी नियम २५ को नियम ४ अनुसार जाँचबुझ गर्दा त्यसरी नाम, विधान, नियम, छाप, झण्डा, चिन्ह (लोगो) मा परिवर्तन वा संशोधन गर्न वा पदाधिकारीको हेरफेर गर्न नमिल्ने अवस्था भएमा आयोगले सोको कारण खुलाई सुधारसहितको विवरण पेस गर्न सात दिनको समय दिई सम्बन्धित दललाई सूचित गर्नेछ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।