logo

आजबाट आयोगले प्रत्यक्षतर्फका मतपत्र छाप्ने,

    2031   पटक पढिएको

 

 

कात्तिक १० / अर्थ र व्यापार -निर्वाचन अयोगले प्रदेश र प्रतिनिधि सभाका लागि प्रत्यक्षतर्फका मतपत्र पूर्विनर्धारित कार्यक्रम अनुसार नै आज  शुक्रबार बाट छाप्न सुरु गर्ने भएको छ ।

 

सर्वोच्च अदालतले बुधबार फरक–फरक मतपत्र छाप्ने विषयमा भएको प्रगति विवरण तीन दिनभित्र पठाउने आदेश दिए पनि सो आदेशको औपचारिक पत्र आइनसकेकाले आयोगले पूवनिर्धारित कार्यक्रम अनुसार नै मतपत्र छाप्न लागेको प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसद यादवले बताए  ।

शुक्रबार बिहान सेतोपाटीसँग संक्षिप्त कुरा गर्दै प्रमुख आयुक्त यादवले भने, ‘पूवनिर्धारित कार्यंक्रमअनुसार आजदेखि नै प्रत्यक्षतर्फको मतपत्र छापिन्छ ।’आयोगले समानुपातिकतर्फको मतपत्र छापिसकेको छ। उसले यसअघि नै कात्तिक १० गतेदेखि नै प्रत्यक्षतर्फको मतपत्र छाप्ने योजना त्रबनाएको थियो ।

यसअघि बुधबार राजपा नेता सर्वेन्द्रनाथ शुक्लले प्रत्यक्षतर्फको मतपत्र दुई अलग पानामा छाप्नुपर्ने विषयमा अदालतको कात्तिक १ गतेको आदेशको मर्मअनुसार काम नभएको भन्दै हालेको मानहानी मुद्दामा सर्वोच्चले दुई मतपत्र छाप्नु वाध्यकारी भएकाले त्यस विषयमा भएको प्रगति विवरण तीन दिनभित्र अदालतलाई पठाउन आयोगलाई आदेश दिएको थियो ।बिहीबार र शुक्रबार सार्वजनिक विदा परेकाले आयोगले सर्वोच्चको औपचारिक पत्र पाइनसकेकाले पूर्व्निर्धा्रित कार्यक्रमअनुसार नै मतपत्र छाप्न लागिएको हो ।

 

सर्वोच्चको आदेशपछि वामगठबन्धनका नेताहरुले मतपत्रको प्राविधिक विषयलाई लिएर मंसिर १० र २१ गते तोकिएको निर्वाचनलाई प्रभावित पार्ने काम नगर्न चेतावनी दिएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।