logo

प्रमुख दललाइ मंसिर २१ को चुनावमा उम्मेदवार छान्न भ्याइ नभ्याइ,

    1231   पटक पढिएको

 

कात्तिक १० /  अर्थ र व्यापार - काठमाडौँ , दोस्रो चरण मंसिर २१ मा हुने प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवार छान्न प्रमुख राजनीतक दलहरुलाई भ्याइ नभ्याइ भएको छ । ४५ जिल्लामा हुने दोस्रो चरणको निर्वाचनका लागि कार्तिक १६ गते बन्द सूची बुझाउनुपर्ने भएकाले दलहरु उम्मेदवार छान्ने अन्तिम गृहकार्यमा लागेका हुन् ।

यसैवीच, नेकपा एमाले र माओवादी केन्द्रको बाम गठबन्धनले दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारहरुको अन्तिम टुंगो आजै लगाउने तयारी गरेको छ । कार्यदलस्तरमा देखिएका विवाद समाधान गर्दै साझा उम्मेदवार टुंगो लगाउने तयारीमा बाम गठबन्धन लागिपरेको हो । 

त्यसअघि शुक्रबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्यदलसँग छलफल गरेका छन् । कार्यदलले विवादित स्थानको विवाद जस्ताको तस्तै प्रतिवेदनमा राखेर शीर्ष नेता सम्मिलित समन्वय समितिमा बुझाएपछि ओली र प्रचण्डले कार्यदलसँग छलफल गरेका हुन् । बाम गठबन्धनले संयुक्त चुनावी घोषणापत्र पनि आजै सार्वजनिक गर्ने तयारी गरेका छन् । यता, सरकारको नेतृत्वकर्ता नेपाली कांग्रेसले पनि उम्मेदवारहरको टुङ्गो लगाउन कांग्रेस संसदीय बोर्डको बैठक बोलाएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिट बाँडफाँटबारे छलफल भइरहेको नेता मिनेन्द्र रिजालले
जानकारी दिए । प्रदेश नम्बर २ मा राजपा र संघीय समाजवादी फोरमसँग चुनावी तालमेलमा सकस भएपछि कंग्रेसले धमाधम आफ्ना उम्मेदवार छान्न थालेको हो । 

शुक्रबारै कागं्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनको कार्यदल बैठक बस्ने भनिएपनि ११ बजेसम्म समय तय नभएको संघीयसमाजबादी फोरमका नेता तथा कार्यदल सदस्य राजेन्द्र श्रेष्ठले बताए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।