logo

ओली सरकारको विरुद्धमा नेप्सेका सिइओ साउद अदालत जाने 

    2557   पटक पढिएको

२५ आषाढ/अर्थ र व्यापार– केपी ओली सरकारले देउवा सरकारको पालामा नियुक्त भएका नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदलाई बर्खास्ती गरेको छ ।

बर्खास्ती पछि नेप्सेका सिइओ साउदले आफु माथि सरकारले अन्याए गरको भन्दै सरकारको निर्णय विरुद्ध अदालत जाने बताएका छन् । 

देउवा सरकारले साउदलाई आठ महिना अघि खुला प्रतिस्पर्धा मार्फत असोज २३ गते नेपाल स्टक एक्सचेन्जमा नियुक्त थियो । ओली सरकारको विरुद्धमा आज वा भोली अदालत जाने तयारीमा छन् । ‘सरकारले म माथि अन्याय गरेको छ’ । ‘कानुन व्यवसायीहरुसंग छलफल गरेर आज वा भोली कानुनी उपचार खोजिन उनले बताए’ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयको गत बुधवार बसेको बैठकले कांग्रेसलाई काउन्टर दिने निर्णय गरेसँगै मध्यरातमा क्याविनेट बसेर देउवाले गरेका सबै राजनीतिक नियुक्ति खारेज गरेको थियो । 

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले चिकित्सा शिक्षा अध्यादेश,गोविन्द केसीको अनसन र निषेधाज्ञाका बारेमा संसद र सडकमा आन्दोलन गर्ने घोषणा गरेपछि ओली सरकारले कांग्रसलाई काउन्टर दिदै प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि निर्वाचन आयोगले आचार संहिता जारी गरेको मिति २०७४ भदौ १४ गतेदेखि  फागुन ३ गते ओली सरकार गठन भएसम्मका नियुक्तिहरु खारेज गरेको थियो ।

अर्थमन्त्रालयले आइतबार साउदलाई बर्खास्ती गरेको हो । साउदले आइतबारसम्म नेप्सेमा काम गरेका थिए । साउदको बर्खास्ती पछि महाप्रवन्धक नियुक्ती नभएसम्मका स्टक एक्सचेन्जमा अर्थ मन्त्रालयका उपसचिव रमेश अर्याललाई जिम्मेवारी दिईएको छ । 


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।