logo

स्थायी राजधानी दाङको भालुवाङ सार्ने प्रस्तावको विरोधमा बुटवलमा प्रदर्शन 

    2244   पटक पढिएको


१८ असोज/अर्थ र व्यापार– प्रदेश ५ को स्थायी राजधानी रुपन्देहीलाई कायम गर्न माग गर्दै उद्योगी, व्यवसायी र सर्वसाधारणले बुटवलमा प्रदर्शन गरेका छन् ।

प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङ सार्ने प्रस्तावको विरोधमा बुटवलमा प्रदर्शन गरेको हो । 

जिल्ला प्रशासन कार्यालयले घोषणा गरेको निषेधित क्षेत्रमा बुटवलका दुई दर्जन भन्दाबढी व्यवसायिक संस्थाहरुले प्रदर्शन भएको हो ।

जिल्ला प्रशासन कार्यालयले ५ जनाभन्दा बढी भेला हुन नपाउने गरी ४ दिनको लागि विभिन्न क्षेत्रमा निषेधाज्ञ जारी गरेको छ । 

निषेधाज्ञका बावजुत बुटवल राजमार्ग चौराहाबाट सुरु भएको विरोध प्रदर्शन ट्राफिक चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोरोना महामारीको असहज परिस्थितिको मौका छोपेर मुख्यमन्त्री शंकर पोखरेलको स्वार्थमा राजधानी दाङ सार्ने प्रयास भएको प्रदर्शनकारीहरुले बताएका छन् । 

कोणसभामा बोल्ने वक्ताहरुले स्थायी राजधानी दाङको भालुवाङ सार्ने प्रस्तावको विपक्षमा मतदान गर्न सांसदहरुलाइृ आग्रह गरेका छन् । उनीहरुले पर्याप्त पूर्वाधार बनिसकेकाले रुपन्देहीको बुटवल नै प्रदेश राजधानीको लागि उपयुक्त रहेको भन्दै सांसंदहरुलाई प्रस्तावको विपक्षमा मतदान गर्न आग्रह गरेका छन् ।

कोणसभामा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिमबहादुर हमाल, नेपाल उद्योग परिसंघका प्रदेश ५ अध्यक्ष एजाज आलम, रुपन्देही उद्योग संघका कार्यवाहक अध्यक्ष माधव पौडेल, होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका अध्यक्ष समुन्द जिसी लगाएतले स्थायी राजधानी दाङको भालुवाङ सार्ने प्रस्तावको विरोधमा अभिव्यक्ति दिएका थिए ।   

राजधानी दाङ सार्ने प्रस्तावको विरोधमा कांग्रेसले आहृवान गरेको रुपन्देही बन्दका कारण  मुख्य राजमार्गहरुमा सार्वजनिक यातायातका साधन चलेका छैनन् । 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।