logo

लहान प्रहरी कार्यालय नजिक बम विस्फोट

    1598   पटक पढिएको


२८ मङ्सिर / अर्थ र व्यापार - लहान – लहानको सहिद चोकमा केहीबेर अघि प्रेसरकुकर बम विस्फोट भएको छ । विस्फोटपछि लहान बजारको जनजीवन आतंकित बनेको छ । विस्फोटबाट मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

पूर्वपश्चिम राजमार्गको सहिद चोक नजिक रोकिएको साइकलको पछाडि (केरियर)मा बोराभित्र राखिएको बम विस्फोट भएको इलाका प्रहरी कार्यालय लहानका निमित्त प्रमख(इन्सपेक्टर) जुगेश्वर राउतले जानकारी दिए । साइकल रोकिएको केही बेरमै विस्फोटको आवाज आएको प्रत्यक्षदर्शीहरूले बताएका छन् । 

विस्फोट भएको स्थान नजिक सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुतm सुक्षाकर्मीको टोली तायनाथ थियो । पूर्वछेउमा सुरक्षाकर्मी तायनाथ थिए टाँसिएकै पश्चिम छेउमा विस्फोट भएपछि सुरक्षाकर्मीहरू भागाभाग भएको प्रत्यक्षदर्शी एक पान पसलले भने । विस्फोट स्थलदेखि २० मिटर पूर्व ईलाका प्रहरी कार्यालय लहान छ । उतिकै दूरी उत्तरमा नगर प्रहरीको कार्यालय छ । सशस्त्र प्रहरीको करिब ६ देखि ७ जनाको टोली विस्फोट स्थलको पूर्वतर्फ तायनाथ रहन्छ । सुरक्षा घेराभित्रै बम विस्फोट भएपनि प्रहरीले सुइँको पाएनन् । विस्फोटक राखेर विस्फोट गराउने कताबाट आएका थिए ? विस्फोटक राखेर कता गए ? प्रहरीले पतो लगाउन सकेको छैन् । विस्फोटस्थलबाट जयकृष्ण गोइतको हस्ताक्षर रहेको अपील बरामद भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।