logo

लहान प्रहरी कार्यालय नजिक बम विस्फोट

    1379   पटक पढिएको


२८ मङ्सिर / अर्थ र व्यापार - लहान – लहानको सहिद चोकमा केहीबेर अघि प्रेसरकुकर बम विस्फोट भएको छ । विस्फोटपछि लहान बजारको जनजीवन आतंकित बनेको छ । विस्फोटबाट मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

पूर्वपश्चिम राजमार्गको सहिद चोक नजिक रोकिएको साइकलको पछाडि (केरियर)मा बोराभित्र राखिएको बम विस्फोट भएको इलाका प्रहरी कार्यालय लहानका निमित्त प्रमख(इन्सपेक्टर) जुगेश्वर राउतले जानकारी दिए । साइकल रोकिएको केही बेरमै विस्फोटको आवाज आएको प्रत्यक्षदर्शीहरूले बताएका छन् । 

विस्फोट भएको स्थान नजिक सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुतm सुक्षाकर्मीको टोली तायनाथ थियो । पूर्वछेउमा सुरक्षाकर्मी तायनाथ थिए टाँसिएकै पश्चिम छेउमा विस्फोट भएपछि सुरक्षाकर्मीहरू भागाभाग भएको प्रत्यक्षदर्शी एक पान पसलले भने । विस्फोट स्थलदेखि २० मिटर पूर्व ईलाका प्रहरी कार्यालय लहान छ । उतिकै दूरी उत्तरमा नगर प्रहरीको कार्यालय छ । सशस्त्र प्रहरीको करिब ६ देखि ७ जनाको टोली विस्फोट स्थलको पूर्वतर्फ तायनाथ रहन्छ । सुरक्षा घेराभित्रै बम विस्फोट भएपनि प्रहरीले सुइँको पाएनन् । विस्फोटक राखेर विस्फोट गराउने कताबाट आएका थिए ? विस्फोटक राखेर कता गए ? प्रहरीले पतो लगाउन सकेको छैन् । विस्फोटस्थलबाट जयकृष्ण गोइतको हस्ताक्षर रहेको अपील बरामद भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।