logo

फुटले वैकल्पिक राजनीतिमा कुनै अवरोध नआउने विवेकशील साझा पार्टीका प्रवक्ता डा.सूर्यराज आचार्यको भनाई

    1417   पटक पढिएको

१ माघ /अर्थ र व्यापार– विवेकशील साझा पार्टीका प्रवक्ता डा.सूर्यराज आचार्यले विवेकशील नेपाली दलसँग गरिएको पार्टी एकता नै भावनात्मक हुन नसक्दा फुटको नियति भोग्नु परेको बताएका छन् ।  पार्टीको केन्द्रीय समितिको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । अहिले पार्टीबाट अलग भएर गएकाहरु पूर्व विवेकशील नेपाली दलका व्यक्तिहरु मात्रै रहेकाले एकता भावनात्मक हुन नसकेको निष्कर्षमा आफूहरु पुगेको उनले बताए । 

पार्टी एकतापछि पनि धेरै व्यक्तिहरु थपिएका र सहकार्य भएकोमा विवेकशील नेपाली दलका पहिलेका साथीहरु मात्रै छुट्टिएर जानुले उनीहरु भावनात्मक रुपमा एक हुन नचाहेको देखाएको उनले बताए ।  यो फुटले वैकल्पिक राजनीतिमा कुनै अवरोध नआउने भन्दै उनले सबैको साथ र सहयोगको अपेक्षा रहेको बताए ।

डा.बाबुराम भट्टराई नेतृत्वको नयाँशक्ति पार्टीसँग एक हुने भन्ने टुङ्गोमा आफूहरु अहिले नै नपुगेको उनले बताए । तर वैकल्पिक राजनीतिक अभ्यास गर्ने जो कसैसँग एकताका लागि ढोका खुल्लै रहेको पनि उनले बताए ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।