logo

विवेकशील र साझा पार्टीबीच एकता

    2120   पटक पढिएको

२४ मंसिर/अर्थ र व्यापार– साझा पार्टी र विवेकशील पार्टीबिच आज बुधबार एकिकरण घोषणा भएको छ । एकीकृत पार्टीको अध्यक्षमा रवीन्द्र मिश्र र संयोजक मिलन पाण्डे रहेका छन् ।

कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै दुई पार्टीले भर्चुअल माध्यममार्फत एकता घोषणा गरेका हुन् ।  
एकीकृत पार्टीको नाम विवेकशील साझा पार्टी राखिएको छ भने लोगो र चुनाव चिन्ह तराजु राखिएको छ । 

दुवै पार्टीबाट ६५–६५ जना रहनेगरि १ सय ३० सदस्यीय केन्द्रीय कार्यसमिति गठन हुने बताइएको छ ।
त्यस्तै गरी, दुवै पार्टीबाट १३–१३ जना रहनेगरि २६ सदस्यीय सचिवालय गठन हुने भएको छ । केन्द्रीय समितिको पहिलो बैठकले सचिवालय गठन गर्नेछ ।  

त्यस्तै, ९ महिनाभित्र एकता महाधिवेशन गरिसक्ने बताइएको छ । सो अवधिसम्मका लागि अन्तरिम पार्टी सञ्चालन कार्यविधि बनाइ पार्टी सञ्चालन गर्ने बताइएको छ । 

घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै विवेकशील नेपाली दलका संयोजक पाण्डेले विगतमा पार्टी फुट्नुलाई दुर्घटनाको संज्ञा दिएका छन् । 

पार्टी एकीकरण घोषणा कार्यक्रममा साझाका संयोजक मिश्रले वैकल्पिक राजनीतिका लागि आफूहरू फेरि एक भएको बताए । उनले सुशासनका लागि आफूहरू लागिपर्ने बताए ।

यी दुई पार्टीबीच यसअघि २०७४ साउन ११ गते एकता भएको थियो । एकताको १७ महिनापछि २०७५ पुसमा पार्टी विभाजन भएको थियो । 


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।