logo

विवेकशील र साझाबीच पुनः एकता हुँदै

    2087   पटक पढिएको


१५ मंसिर/अर्थ र व्यापार– साझा र विवेकशील पार्टीबीच पुनः एकता प्रक्रिया अन्तिम चरणमा पुगेको बताईएको छ।

यसअघि एकताको १७ महिनापछि साझा र विवेकशील पार्टी विभाजन भएको थियो । तर गत असारबाट दुवै पार्टीले पुनः एकताको प्रयास गरेका थिए ।

साझाले केन्द्रिय कमिटीबाट एकता प्रस्ताव पारित गरेको छ भने विवेकशीलले आफ्नो तल्ला कमिटीहरुसम्म नै प्रस्तावमाथि मतदान गराएको थियो । पार्टीका दुईतिहाई सदस्यले एकताको प्रस्तावमा मतदान गरेका छन्।

एकतालाई अन्तिम चरणमा पु¥याएको भन्दै केही प्रक्रियतागत कुराहरू पूरा भए एकहप्ताभित्र एकतालाई अन्तिम रूप दिने एक नेताले जानकारी दिए । उनले केन्द्रमा दुईजना संयोजक राख्ने वा दुवैजनालाई अध्यक्ष नै भनेर जाने भनेर पनि छलफल गरिरहेको जानकारी दिए । 

साझाकी नेतृ समीक्षा बास्कोटाले नेतृत्वलगायतका सबै विषयमा सहमति नजिक पुगेको बताईन् । बास्कोटाका अनुसार पार्टीका विभिन्न कमिटीहरुलाई बराबरीको सिद्धान्तका आधारमा समायोजन गरिने जानकारी दिईन् ।

एक नेताका अनुसार साझा पार्टीका संयोजक रवीन्द्र मिश्र एकीकृत पार्टीको अध्यक्ष र विवेकशीलका अध्यक्ष मिलन पाण्डे दोस्रो वरियतामा रहने गरी संयोजक बन्ने अनौपचारिक समझदारी बनेको बताए । 

एकीकृत पार्टीको नाम पहिले एकता हुँदा कै नाम ‘विवेकशील साझा पार्टी’ रहने टुंगो लागिसकेको छ । एकीकृत पार्टीका सैद्धान्तिक विषयहरुलाई एकता महाधिवेसनबाट टुंग्याउन दुवै दल तयार भएका छन् ।

हाललाई दुवै पार्टीले बोकेका नीति तथा सिद्धान्तलाई स्वीकार्ने सहमति भएपनि गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताका विषयमा दुई पार्टीबीच केही मतभिन्नता रहेका छन् । 

साझा यी एजेन्डाहरुमाथि जनमतसंग्रह गर्नुपर्ने पक्षमा छ भने विवेकशील वर्तमान संविधानलाई नै स्वीकार्नुपर्ने पक्षमा छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।