logo

गाउँपालिकाका अध्यक्षले प्रशासकीय अधिकृत लाई कुटे

    1646   पटक पढिएको

 


१० माघ / अर्थ र व्यापार - चौतारा । काम सम्पन्न नभएको योजनाको भुक्तानी गर्न नमानेपछि गाउँपालिकाका अध्यक्षले प्रमुख प्रशासकीय अधिकृतमाथि हातपात गरेका छन् । सुनकोशी गाउँपालिकाको प्रमुख श्रवणकुमार जिसीले प्रशासकीय अधिकृत प्रमोद तिमिल्सिनालाई मंगलबार दिउँसो उनकै कार्यकक्षमा हातपात गरेका थिए ।

गाउँपालिकाको भिलेज प्रोफाइल निर्माणका लागि यसअघि गाउँकार्यपालिकाले ७ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । भिलेज प्रोफाइल नै निर्माण नभइ गाउँपालिका अध्यक्ष जिसीले ७ लाखको चेक काट्नु भनेपछि अध्यक्ष र प्रशासकीय अधिकृतबीच विवाद भएको थियो । ‘मैले नियम विपरीत काम गर्दिन भनेँ, अध्यक्षज्यूले गर्नुपर्छ भनेर भन्नुभयो, मैले नमान्दा ममाथि दुर्व्यवहार भयो’ प्रमुख प्रशासकीय अधिकृत तिमिल्सिनाले भने । अध्यक्ष र प्रशासकीय अधिकृतबीच विवाद भएपछि अरु कर्मचारीलाई अध्यक्षले कोठा बाहिर निस्कन भनेका थिए । कर्मचारीलाई निकालेर उनले अधिकृतमाथि कुटपिट गरेको बताइएको छ ।

घटनालगत्तै गाउँपालिकामा बस्न नसक्ने भन्दै तिमिल्सिना स्थानीय विकास मन्त्रालय गएका छन् । फोनमा उनले आफूमाथि चरम दुर्व्यवहार भएको बताए । उनले स्थानीय विकास मन्त्रालयका कर्मचारी प्रशासनमा रहेका आनन्द ढकाललाई घटनाको बारेमा सबै जानकारी गराएका छन् । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङलाई पनि घटनाको बारेमा जानकारी गराइएको छ । प्रमुख जिल्ला अधिकारी तामाङले भने लिखित रुपमा घटना दर्ता गर्न आफूले भनेको जानकारी दिए ।

सुनकोशी गाउँपालिकाले यसअघि आफ्नो गाउँपालिका भित्रका सबै विद्यालय व्यवस्थापन समिति समेत विघटन गरेको थियो । यसमा समेत प्रमुख प्रशासकीय अधिकृत तिमिल्सिनाले असहमति जनाएका थिए । तिमिल्सिना पनि सोही गाउँपालिकाका स्थायी बासिन्दा हुन् । घटनाबारे गाउापालिकाका अध्यक्ष जिसीसाग प्रतिक्रिया लिन खोज्दा उनी सम्पर्कमा आएनन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।