logo

गाउँपालिकाका अध्यक्षले प्रशासकीय अधिकृत लाई कुटे

    1236   पटक पढिएको

 


१० माघ / अर्थ र व्यापार - चौतारा । काम सम्पन्न नभएको योजनाको भुक्तानी गर्न नमानेपछि गाउँपालिकाका अध्यक्षले प्रमुख प्रशासकीय अधिकृतमाथि हातपात गरेका छन् । सुनकोशी गाउँपालिकाको प्रमुख श्रवणकुमार जिसीले प्रशासकीय अधिकृत प्रमोद तिमिल्सिनालाई मंगलबार दिउँसो उनकै कार्यकक्षमा हातपात गरेका थिए ।

गाउँपालिकाको भिलेज प्रोफाइल निर्माणका लागि यसअघि गाउँकार्यपालिकाले ७ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । भिलेज प्रोफाइल नै निर्माण नभइ गाउँपालिका अध्यक्ष जिसीले ७ लाखको चेक काट्नु भनेपछि अध्यक्ष र प्रशासकीय अधिकृतबीच विवाद भएको थियो । ‘मैले नियम विपरीत काम गर्दिन भनेँ, अध्यक्षज्यूले गर्नुपर्छ भनेर भन्नुभयो, मैले नमान्दा ममाथि दुर्व्यवहार भयो’ प्रमुख प्रशासकीय अधिकृत तिमिल्सिनाले भने । अध्यक्ष र प्रशासकीय अधिकृतबीच विवाद भएपछि अरु कर्मचारीलाई अध्यक्षले कोठा बाहिर निस्कन भनेका थिए । कर्मचारीलाई निकालेर उनले अधिकृतमाथि कुटपिट गरेको बताइएको छ ।

घटनालगत्तै गाउँपालिकामा बस्न नसक्ने भन्दै तिमिल्सिना स्थानीय विकास मन्त्रालय गएका छन् । फोनमा उनले आफूमाथि चरम दुर्व्यवहार भएको बताए । उनले स्थानीय विकास मन्त्रालयका कर्मचारी प्रशासनमा रहेका आनन्द ढकाललाई घटनाको बारेमा सबै जानकारी गराएका छन् । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङलाई पनि घटनाको बारेमा जानकारी गराइएको छ । प्रमुख जिल्ला अधिकारी तामाङले भने लिखित रुपमा घटना दर्ता गर्न आफूले भनेको जानकारी दिए ।

सुनकोशी गाउँपालिकाले यसअघि आफ्नो गाउँपालिका भित्रका सबै विद्यालय व्यवस्थापन समिति समेत विघटन गरेको थियो । यसमा समेत प्रमुख प्रशासकीय अधिकृत तिमिल्सिनाले असहमति जनाएका थिए । तिमिल्सिना पनि सोही गाउँपालिकाका स्थायी बासिन्दा हुन् । घटनाबारे गाउापालिकाका अध्यक्ष जिसीसाग प्रतिक्रिया लिन खोज्दा उनी सम्पर्कमा आएनन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।