logo

९ क्षेत्रको मतपरिणाम आउन बाँकी

    1269   पटक पढिएको


    २६ मंसिर / अर्थ र व्यापार - प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनको जारी मतगणनाअनुसार अब ९ वटा क्षेत्रको मतपरिणाम आउन बाँकी छ । सोमबार बेलुकीसम्म १ सय ५६ प्रतिनिधिसभातर्फको मतपरिणाम सार्वजनिक भएको छ । जसमा एमाले र माओवादी केन्द्र रहेको बाम गठबन्धन धेरै स्थानमा विजयी भएको छ । 
एमाले ६६ र माओवादी केन्द्र ३४ गरी बाम गठबन्धनले एक सय स्थानमा जितिसकेको छ । नेपाली कांग्रेस २१ स्थानमा विजयी भएको छ । त्यसबाहेक मधेस केन्द्रित दल राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमले २० स्थान, नयाँ शक्ति, राप्रपा र स्वतन्त्रले १÷१ स्थानमा जितेका छन् । मंसिर २१ गते दोस्रो चरणमा निर्वाचन भएका ९ स्थानको मतगणना भने जारी छ । जसमा सुनसरी– ३ ,धनुषा– १, सर्लाही– ४, स्याङ्जा– १, स्याङ्जा– २ अर्घाखाँची, कैलाली– १ , २ र ३ रहेका छन् । 
यीमध्ये ५ निर्वाचन क्षेत्रमा एमालेले अग्रता लिइरहेको छ । सुनसरी– ३, स्याङ्जा– १ ,कैलाली २,३ र स्याङ्जा २ मा एमालेको अग्रता छ । त्यस्तै, धनुषा– १ र अर्घाखाँचीमा माओवादीले अग्रता लिएको छ भने सर्लाही– ४ र कैलाली– १ मा राष्ट्रिय जनता पार्टीको अग्रता छ । 
त्यस्तै समानुपातिकतर्फ पनि मतगणना जारी छ, जसमा पनि एमालेले अग्रता लिइरहेको छ । सोमबार बेलुकीसम्म एमालेले ४ लाख ४६ हजार ३७ मत प्राप्त गरी प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फ पनि अग्रता लिएको हो । नेपाली कांग्रेस ४ लाख २९ हजार ९१ मतका साथ दोस्रो स्थानमा छ । माओवादी केन्द्रले २ लाख ५ हजार ३ सय ९० मत पाएर तेस्रो स्थानमा छ । त्यस्तै चौथोमा राष्ट्रिय जनता पार्टी राजपा नेपाल र पाँचौंमा विवेकशील साझा पार्टी छन् । राजपा नेपालको २५ हजार ७ सय ४१ र विवेकशील साझाको २३ हजार २ सय ३६ मत छ । त्यसैगरी राप्रपाको २१ हजार ९ सय ९९, संघीय समाजवादी फोरमको १८ हजार ३ सय ४०, नयाँ शक्ति पार्टीको १८ हजार १ सय २४ राप्रपा प्रजातान्त्रिकको ९ हजार २ सय ६०, राष्ट्रिय जनमोर्चाको ७ हजार १ सय १८ मत रहेको छ । अन्य दलको २८ हजार २ सय १६ मत रहेको आयोगले जनाएको छ । प्रदेशसभा तर्फ भने मिश्रित मतपरिणाम छ । प्रदेश नम्बर १, ३ र ५ मा एमाले, ४ र ७ मा कांग्रेस र ६ मा माओवादी केन्द्रको अग्रता छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।