logo

सञ्चालकसहित नाइट क्लबका ८ जना पक्राउ

    1263   पटक पढिएको

 


मंसिर २९ / अर्थ र व्यापार - २०७४ चर्चित अमेरिकन डीजे मार्समेलोलाई ल्याउने भन्दै टिकट बिक्री गर्ने दरबारमार्र्ग्स्थित डेजाभू नाइट क्लबका सञ्चालकसहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । ३ हजार क्षमताको उक्त क्लबमा ७ हजारभन्दा बढीलाई टिकट बेचेर सञ्चालकले झन्डै ४० लाख रुपैयाँ उठाएको प्रहरीको अनुमान छ । दर्शकले खचाखच भरिएको क्लबमा बुधबार राति १ बजे सञ्चालकले अमेरिकी डीजे आउन नसक्ने घोषणा गरेपछि आक्रोशित भीडले क्लबमा तोडफोड गरेको थियो । तोडफोडबाट क्लबमा ठूलो क्षति भएको छ । 
क्लबको क्षमताभन्दा बढी दर्शकलाई टिकट बेचेको भन्दै प्रहरीले क्लबका सञ्चालक जयन श्रेष्ठ, मयंक खड्का, विशाल डाँगी, मिलन श्रेष्ठ, पृथु बाँस्कोटा, डिजाइनर राजीव महर्जन, क्लबका क्याप्टेन आकाश न्यौपाने र रितेश माडवाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ईपीएल टोली चितवन टाइगरका कप्तानसमेत रहेका बाँस्कोटा पूर्व राष्ट्रिय क्रिकेट खेलाडी हुन् । महानगरीय अपराध महाशाखाका एसएसपी दिवस लोहनीले निर्धा्रित समयभित्र डीजे नआएपछि आक्रोशित दर्शकले क्लब तोडफोड गरेको बताए ।

तोडफोडबाट क्लबमा निकै ठूलो क्षति पुगेको भन्दै लोहनीले सञ्चालकले क्षमताभन्दा बढी दर्शक भित्र्याएकाले उनीहरूलाई पक्राउ गरेको बताए । ‘मार्समेलोलाई ल्याउने भन्दै सञ्चालकले क्षमताभन्दा बढी टिकट बेचेछन्,’ उनले भने, ‘पैसा पाइन्छ भनेर ठग्न त भएन ।’ सञ्चालकले ७ हजार जनाबाट प्रतिव्यक्ति २५ देखि ३५ सय रुपैयाँका दरले टिकट बिक्री गरेको उनले बताए । ३ हजारको दर्शक क्षमता भए पनि आवतजावत भइरहने भएकाले ७ हजार टिकट बिक्री गरेको प्रहरीसमक्ष सञ्चालकले बताएका छन् । दर्शकबाट ४० लाख रुपैयाँभन्दा बढी उठाएको प्रहरीको अनुमान छ ।

अमेरिकाबाट डीजे काठमाडौं आएरनआएकोबारे प्रहरीलाई कुनै जानकारी नभएको उनले बताए । ‘हामीलाई यसबारे कुनै जानकारी छैन, हल्ला आएको छ भन्ने छ, अनुसन्धान नगरी केही भन्न सक्ने अवस्थामा छैनौं,’ उनले भने । नाइट क्लबमा पुगेको क्षतिबारे सञ्चालकले प्रहरीसमक्ष कुनै उजुरी दिएका छैनन् । डीजे मार्समेलोले फुडपोइजन भएका कारण नेपाल आउन असमर्थ भएको भन्दै सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राममार्फत माफी मागेका छन् । उनले सामाजिक सञ्जालमा माफी मागे पनि डीजे आउनेरनआउनेबारे कसैलाई जानकारी थिएन । सञ्चालकले भने यसबारे कुनै बयान नदिएको लोहनी बताए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।