logo

७२ घण्टे मौन अवधि सुरु

    1726   पटक पढिएको

 

   १९ मंसिर  / अर्थ र व्यापार - दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सोमबार मध्यरातिबाट मौन अवधि सुरु भएको छ । मंसिर २१ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले मौन अवधि लगाएको हो । मौन अवधि सुरु भएपछि मतदान सम्पन्न नहुन्जेलसम्म राजनीतिक दल, दलका उम्मेदवार, राजनीतिक दलका पदाधिकारी, स्वतन्त्र उम्मेदवार, नागरिक समाज, मतदाता कसैले पनि चुनावी प्रचार गर्न पाइँदैन । यस्तै सञ्चारमाध्यमले समेत निर्वाचनलाई प्रभाव पार्ने गरी समचार प्रकाशन, प्रसारण, मत सर्वेक्षण गर्न नहुने भन्दै आयोगले आचारसंहिता विपरितका कार्य नगर्न नगराउन अनुरोध गरेको छ । आयोगले मौन अवधिमा मतदाता शिक्षा सामग्री, सूचना वा सन्देश प्रवाह गर्न पाइने जनाएको छ । 

 

दोस्रो चरणमा ४५ जिल्लाका प्रतिनिधिसभातर्फ १२८ निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ २५६ निर्वाचन क्षेत्रमा मतदान हुँदैछ । दोस्रो चरणका लागि मंसिर १९ र २० गते सम्बन्धित मतदान केन्द्रबाट मतदाता परिचयपत्र वितरण गर्ने व्यवस्था मिलाइएको आयोगले जनाएको छ । प्रतिनिधिसभाका १२८ क्षेत्रबाट प्रत्यक्षतर्फ १ हजार ६६३ तथा प्रदेशसभा सदस्यतर्फ २५६ क्षेत्रबाट २ हजार ८१९ जना उमेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।आगामी निर्वाचनमा १ करोड २२ लाख ३५ हजार ९९३ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्ने आयोगले जनाएको छ । पहिलो चरणअन्तर्गत मंसिर १० गते ३२ जिल्लाका प्रतिनिधिसभा तर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ ७४ निर्वाचन क्षेत्रमा निर्वाचन भइसकेको छ । निर्वाचन आयोगले २१ गते साँझबाट मतगणना सुरु हुने जनाएको छ ।

 

निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न नहुने 

मौन अवधि सुरु हुनु अगावै मतदान केन्द्रको ३ सय मिटर वरपर राखिएका प्रचार सामग्री हटाउनुपर्ने एसएमएस, फेसबुक,भाइबर जस्ता सामाजिक सञ्जालमार्फत मत माग्न र प्रचारप्रसार गर्न नहुनेराजनीतिक दलको प्रचार प्रसार हुने गरी समाचार प्रकाशन प्रसारण गर्न नहुने  ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।