logo

तनहुँको आँबुखैरेनीबाट ४ वटा पेस्तोल गोलीसहित ३ जना पक्राउ

    1173   पटक पढिएको

 

 

 

 

 

१८ मंसिर / अर्थ र व्यापार - पोखरा । तनहुँको आँबुखैरेनीबाट ४ वटा पेस्तोल र गोलीसहित स्थानीय ३ जना पक्राउ परेका छन् । विशेष सूचनाका आधारमा सोमबार बिहान उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा आँबुखैरेनी गाउँपालिका–३ का २८ वर्षीय अभियान श्रेष्ठ, आँबुखैरेनी गाँउपालिका–४ का २४ वर्षीय विजय गुरुङ र सोही स्थानका २६ वर्षीय जय गुरुङ रहेका छन् ।

 

इलाका प्रहरी कार्यालय आँबुखैरेनीलाई प्राप्त विषेश सूचनाका आधारमा प्रमुख प्रहरी निरीक्षक लोकबहादुर गुरुङ नेतृत्वको टोली र कृष्णदल गण ढकालटारबाट प्रमुख सेनानी अशोककुमार कार्की नेतृत्व संयुक्त टोलीले राति १२ बजेदेखि निरन्तर निगरानी उनीहरुलाई पक्राउ गरिएको जनाइएको छ । उनीहरुको साथबाट प्रहरीले युएसएमा निर्मित ६ राउण्ड गोली लोड भएको ३ थान पेस्तोल, ३ थान एक्स्ट्रा म्याग्जिन, ३९ थान एक्स्ट्रा गोली, गोली नभएको खाली अवस्थाको इटालियन पेस्तोल १ थान, म्यागनम हतियारमा लाग्ने गोली ४८ थान, खेलौना पेस्तोल १ थान र चक्कु १ थान बरामद गरेको छ ।

 

आँबुखैरेनी गाँउपालिका वडा नं. ३ मा रहेको अभियान श्रेष्ठको घरमा उनीहरुलाई पक्राउ गर्ने तयारी भइरहँदा प्रहरीसँग भीडन्त गर्ने तयार अवस्था पाएपछि थप सुरक्षाको बलमा रुपमा सशस्त्र प्रहरी निरीक्षक चन्द्रकुमार थापा नेतृत्वको टोली पुगेको थियो । पक्राउ परेका सबैलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय आँबुखैरेनीको हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।