logo

दुई ग्यास उद्योग कारबाहीमा

    1496   पटक पढिएको


२३ पुष / अर्थ र व्यापार - काठमाडौं। गुणस्तर मापदण्ड पूरा नगर्ने दुई ग्यास प्लान्ट (उद्योग)लाई नेपाल गुणस्तर तथा नापतौल विभागले कारबाही गरेको छ । अनुगमनमा गएको विभागको टोलीले शुक्रबार काभ्रेका दुई उद्योगलाई कारबाहीस्वरुप उत्पादन बन्द गरेको हो ।


चण्डेश्वरी ग्यास उद्योग र सूर्य ग्यास प्रालि बनेपालाई ग्यास बोटलिङमा रोक लगाउने निर्णय गरेको विभागले जनाएको छ । ‘अनिवार्य एनएस प्रमाणपत्र लिन दिएको निर्देशन नटेरेपछि उत्पादनमा रोक लगाएका हौं,’ विभागका निर्देशक आलोककुमार मिश्रले भने, ‘ती उद्योगले सुरक्षाका मापदण्ड पूरा गरेको भेटिएन ।’ सूर्य ग्यास उद्योगका सञ्चालक सुधिर पलाञ्चोके र चण्डेश्वरीका विष्णुहरि कक्षपति हुन् । चण्डेश्वरीले हाइड्रोलिक टेस्ट र टेर वेट परीक्षण नगरेको, सूर्यले सेफ्टी क्याप नलगाएको, मर्मत नगरी भल्ब प्रयोग गरेको लगायत कैफियत फेला परेको विभागले जनाएको छ । ती दुवै उद्योगले एनएस चिह्न पनि लिएका छैनन् । विभागले सगरमाथा ग्यास उद्योगलाई नेपाल गुणस्तर–५३३ अवलम्बन गर्न दिएको निर्देशन अटेर गरेको भन्दै तुरुन्त सुधार गर्न निर्देशन दिएको छ ।

विभागले एनएस प्रमाणपत्र प्राप्त नगरेका उद्योगलाई सञ्चालन हुन नदिनेतर्फ आवश्यक सहयोग गरिदिन बिहीबारमात्र नेपाल आयल निगमलाई पत्राचार गरेको हो । विभागले पटक–पटक एनएस लिन निर्देशन दिए पनि ग्यास उद्योगले अटेर गरेपछि कारबाही गर्न नेपाल आयल निगमलाई निर्देशन दिएको हो । मापदण्ड पूरा नगरी सञ्चालन गरिएका उद्योगलाई कारबाही सुरु गरेको विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले बताए । ‘कानुनविपरीत सञ्चालित उद्योगलाई कारबाही गर्नुको विकल्प छैन,’ पुडासैनीले भने, ‘उद्योगीले अटेर गरेपछि कडा रुपमा प्रस्तुत भएका हौं ।’

अहिलेसम्म नेपाल, मनोज, श्रीकृष्ण र साइबाबा ग्यासले मात्र एनएस चिह्न प्रयोग गर्ने प्रमाणपत्र लिएको विभागले जनाएको छ । देशभर ५७ ग्यास उद्योग सञ्चालनमा छन् । तीमध्ये ५३ उद्योगले एनएस चिह्न लिएका छैनन् । मेट्रो, नोबल, श्रीराम, कोसी, श्री, एनएल, बाबा, सगरमाथा, जानकी ग्यासले एनएस चिह्न लिन आवेदन दिए पनि मापदण्ड पूरा नगरेको विभागले जनाएको छ । उद्योगी भने सरकारले तोकेको मापदण्ड पूरा गर्दै आएको दाबी गर्छन् । सबै ग्यास उद्योग सरकारी मापदण्ड पूरा गरेर सञ्चालन गरेको नेपाल एलपी ग्यास उद्योग संघका पूर्वअध्यक्ष शिव घिमिरेले बताए ।

सबै ग्यास उद्योगले एनएस चिह्न लिने
एनएस चिह्न नलिएका उद्योगलाई गुणस्तर विभागले बन्द गर्न सुरु गरेपछि सबै उद्योगले सुरक्षा मापदण्ड पूरा गर्ने प्रतिबद्धता जनाएका छन् । विभागले कडाइ गरेपछि ग्यास उद्योगीको छाता संस्था नेपाल एलपी ग्यास उद्योग संघको आकस्मिक बैठकले सबै सदस्यलाई एनएस चिह्न लिने प्रक्रिया सुरु गर्न लगाउने निर्णय गरेको छ ।

सबै उद्योगले एनएसको लागि आवेदन दिने संघका अध्यक्ष गोकुल भण्डारीले बताए । ‘सुरक्षा मापदण्ड पूरा गर्न प्रतिबद्ध छौं,’ भण्डारीले भने, ‘उद्योगको समस्या नबुझी एकतर्फी लाद्ने काम भयो ।’ न्यून कमिसनमा ग्यास बिक्री गर्नुपरेकाले उद्योगीलाई पूर्वाधार थप्न कठिन भएको उनले बताए । मापदण्ड पूरा गर्न विभागले समय दिनुपर्ने उद्योगीको माग छ । मापदण्ड पूरा नगर्ने उद्योगको इजाजत खारेज गर्नेसम्मको अधिकार विभागलाई छ । ग्यास अत्यन्तै प्रज्ज्वलनशील पदार्थ भएकाले सानो लापरबाहीले पनि ठूलो दुर्घटना भई जनधनको क्षति हुने भएकाले कडाइ गरेको विभागले जनाएको छ । विभागले अनुगमनलाई सघन रुपमा सञ्चालन गर्ने जनाएको छ । 
कमिसन बढाउन माग
ग्यास बिक्रीमा पाउने कमिसन रकम बढाउन माग गर्दै ग्यास बिक्रेताले आयल निगमलाई दबाब दिएका छन् । नेपाल ग्यास बिक्रेता महासंघका अध्यक्ष ज्ञानेश्वर अर्याल नेतृत्वको टोलीले शुक्रबार निगमका निमित्त कार्यकारी निर्देशक भट्टराईलाई भेटेर अहिलेसम्म दिँदै आएको कमिसनले व्यवसाय सञ्चालन गर्न कठिनाइ भएको भन्दै बढाउन माग गरेका हुन् । निगमले ग्यास बेचेबापत दिँदै आएको प्रतिसिलिन्डर ३२ रुपैयाँ कम भएको व्यवसायीको भनाइ छ । कमिसनको ३२ रुपैयाँमा ४ रुपैयाँ सरकारलाई नै भ्याट बुझाउनुपर्ने हुँदा ग्यास बिक्रेता मारमा परेकोले तुरुन्त कमिसन बढाउन माग गरेको अध्यक्ष अर्यालले बताए । ‘अहिलेको कसिमनले व्यवसाय गर्न सक्ने अवस्था छैन,’ अर्यालले भने, ‘पाँच प्रतिशत कमिसन व्यवस्था गर्न माग गरेका हौं ।’
काठमाडौंमात्र नभएर देशभरका व्यवसायी आन्दोलित भएकाले अब रोक्न सक्ने अवस्था नभएको महासंघका महासचिव चन्द्र थापाले बताए । ‘जिल्लाका बिक्रेताले पनि समबन्धित ठाउँका प्रमुख जिल्ला अधिकारीलाई पनि ज्ञापन बुझाएका छन्,’ थापाले भने, ‘कमिसन नबढाए खर्च धान्न सक्ने अवस्था छैन ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।