logo

प्रदेश ७ मा १८ जना महिला प्रदेश सांसद

    1727   पटक पढिएको

 


१६ पुस / अर्थ र व्यापार - प्रत्येक्ष निर्वाचनतर्फ एक मात्र महिला सदस्य जितेको प्रदेश नं. ७ को प्रदेश सभामा समानुपातिकतर्फका समेत महिलाको संख्या १८ पुगेको छ ।

प्रदेश सभाको प्रत्येक्षतर्फ बझाङ्ग प्रदेश सभा निर्वाचन क्षेत्र (ख ) का वाम गठबन्धनकी उम्मेदवार माओवादी केन्द्रकी नेतृ देवकी मल्ल (थापा) बिजयी भएकी थिईन । उनले आफ्ना प्रमुख प्रतिद्वन्द्वी  कांग्रेसका नेता नरेशबहादुर सिंहलाई दुई हजार पाँच सय एक मतले पछि पार्दै बिजयी प्राप्त गरेकी थिइन् । प्रत्येक्षबाट एक मात्रै महिला सदस्य प्रदेश सभामा आएपनि समानुपातिकतर्फबाट १७ महिला थपिएका छन् ।

प्रत्येक्षमा १७ सिट सहित पहिलो भएको एमालेले समानुपातिकमा प्राप्त गरेका सवै आठ सिटमा महिला पठाएको छ । संबैधानिक व्यवस्था अनुसार प्रदेश सभामा कम्तीमा ३३ प्रतिशत महिला हुनै पर्ने भएपछि एमालेले आठै महिला पठाउनु पर्ने भएको हो । मालेले खस आर्य समुदायबाट माया भट्ट, मनकुमारी साउँद, पूर्ण जोशी र सुशिला बुढाथोकीलाई पठाएको छ । यस्तै थारु समुदायबाट चुनकुमारी चौधरी, दलितबाट दुर्गा बि.क. र अर्चना गहतराज र पिछडिएको क्षेत्रबाट माया तामाङ बोहरा सांसद बनेका छन ।

सिट संख्याको आधारमा एमालेले महिला मात्रै पठाउनु पर्ने भएपछि मुख्यमन्त्रीका प्रमुख दावेदार मानिएका एमाले पोलिटव्यूरो सदस्य एवं पूर्व मन्त्री कर्णबहादुर थापा सांसद हुन पाएनन् । प्रत्येक्षतर्फ चार सिट मात्रै जितेको नेपाली कांग्रेसले समानुपातिकतर्फ पाएको आठ सिटमध्ये चार महिला पठाएको छ । संबिधान अनुसार आफूले प्राप्त गरेको कुल सिट संख्याको एक तिहाई महिला र्पुयाउनु पर्ने व्यवस्था अनुसार कांग्रेसले चार महिला पठाएको हो ।

खस आर्य समुदायबाट दिव्यश्वरी शाह र अम्विका कुमारी थापालाई कांग्रेसले सांसद बनाएको छ । यस्तै दलितबाट उमा बादी र पिछडिएको क्षेत्रबाट कुमारीनन्द बमलाई सांसद बनाएको छ । यस्तै प्रदेश सभामा प्रत्येक्षतर्फबाट १० सिट जितेको माओवादीले समानुपातिकमा चार सिट हात पारेको थियो । माओवादीले चारै महिला पठाएको छ । निर्मला बडाल (जोशी) र कुन्ती जोशीलाई खस आर्य समुदायबाट माओवादीले सांसद बनाएको छ । यस्तै थारु समुदायबाट बिनिता चौधरी र दलित समुदायबाट शान्ति नेपालीलाई सांसद बनाएको छ माओवादीले ।

प्रत्येक्षतर्फ एक मात्रै स्थान जितेको राष्ट्रिय जनता पार्टीले पनि समानुपातिकतर्फ पाएको एक सिटमा महिला पठाएको छ । राजपाले सुनिता चौधरीलाई सांसद बनाएको हो । दलहरुको यो उपस्थितिसंगै ५३ सदस्यीय प्रदेश सभामा महिलाहरुको संख्या झण्डै ३४ प्रतिशत हुने देखिएको छ । संबिधानको धारा १७६ अनुसार प्रत्येक्षबाट महिला आउन नसकेको अवस्थामा समानुपातिकबाट तोकिएको संख्यामा महिला ल्याउनु पर्ने व्यवस्था छ ।ु चार दलको प्रतिनिधित्व रहने प्रदेश सभामा एमाले पहिलो, माओवादी केन्द्र दोश्रो, कांग्रेस तेश्रो र राजपा चौथो दल भएका छन ।
एमाले २५ सिट जितेर पहिलो पार्टी भएपनि बहुमत प्राप्त गर्न सकेन । प्रदेश सभामा बहुमत र्पुयाउन २७ सिट आवश्यक हुन्छ । तर, वाम गठबन्धनले भने सहजै दुई तिहाई र्पुयाएको छ । एमाले २५ र माओवादी केन्द्रको १४ गरी वाम गठबन्धनले ३९ सिट र्पुयाएको छ । ५३ सदस्यीय प्रदेश सभामा ३५ ले दुई तिहाई पुग्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।