logo

यादवको रवैयाले पर्सामै कमजोर बन्दै जसपा

कार्यकर्ता सिध्याएर राजनीति कसरी जोगिन्छ भन्दै पार्टीभित्र व्यापक असन्तोष

    1720   पटक पढिएको

२० असोज/अर्थ र व्यापार – जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले व्यक्तिमुखी र स्वार्थी रवैयालाई प्रवद्र्धन गरेको भन्दै मधेस राजनीति र आन्दोलनको आधारभूमि पर्सा जिल्लामै सो पार्टीभित्र व्यापक असन्तोष बढेको छ ।
मधेसको सेन्टिमेन्टलाई भजाएर सधैंजसो सत्ताको वरिपरि रहन सफल यादव व्यवहारमा भने पार्टी भित्र यादववाद र धनवादलाई प्रश्रय दिइरहेको आरोप असन्तुष्ट कार्यकर्ताले लगाउँदै आएका छन । उनीहरुले यही असन्तोषका कारण नेता डा. बाबुराम भट्टराईहरुले उनको साथ छोडेको बुझाई अधिकांश कार्यकर्तामा रहेको बताएका छन ।
आगामी ४ मंसिर हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कसलाई अवसर दिने भन्नेमा पनि उनले जातीयतालाई प्राथमिकता राखेर पार्टीभित्र इमानदारीपूर्वक काम गरेका कार्यकर्तालाई पाखा लगाउन उद्यत देखिएको गुनासो कार्यकर्ताले गरेका छन् ।
पर्सा मधेस आन्दोलनमात्र नभएर उपेन्द्रको पार्टीको विरासतको पनि केन्द्र हो । तर, यहीँको वीरगञ्ज महानगरमा जसपाले गत गत स्थानीय चुनावमा गठबन्धन (त्यसमा पनि नेपाली कांग्रेस) को साथ पाएर मेयर जितेको थियो । यतिसम्म कि, जसपा अध्यक्ष यादवलाई अहिले मधेसबाट आफ्नो पार्टीलाई राष्ट्रिय पार्टीको मान्यता दिलाउन सकस हुने देखिएको छ ।
उनी मधेसमा बढी सिटमा आफ्ना उम्मेदवार उठाएर ३ प्रतिशत मतको थ्रेस होल्ड हात पार्ने उद्देश्यमा भए पनि एक्लै लड्दा प्रत्यक्षतर्फ पत्तासाफ हुने डरले गठबन्धनमा लत्रिनुपर्ने दबाबमा छन् ।
असन्तुष्ट भएका कार्याकर्ताका अनुसार सत्ता गठबन्धनमा भने जति सिट नपाए एक्लै चुनाव लड्ने घुर्की लगाइरहेका यादवले पार्टीमा आन्तरिक असन्तोषको समाधानमा भने खासै चासो राखेका छैनन् । यादवको सत्ता र शक्ति मोहका कारण जसपा अहिले इतिहासकै कमजोर मोडमा पुगेको विश्लेषण गर्न थालिएको छ ।
उनी निकट नेता कार्यकर्ताका अनुसार यादवले पार्टीलाई रेल र आफूलाई त्यसको चालक भन्ने गरेका छन् । पार्टीबाट क्षमतावान नेता कार्यकर्ताको पलायनलाई उनले स्टेशनमा उत्रिने यात्रुको संज्ञा दिने गरेका छन् । यादवले पार्टीलाई जसरी पनि सत्ता र शक्ति आर्जनको माध्यममात्र बनाएकाले एक समय उनीसँग निकट सम्बन्ध राख्ने नेताहरुले उनको साथ छोड्दै गएको घटनाक्रम नौलो नभएको कार्यकर्ताको बुझाइ छ ।
वीरगञ्जका तत्कालीन नगरप्रमुख विजयकुमार सरावगी जसपा यादव र एस म्यानहरुको पार्टी भएको र इमानदार तथा क्षमता भएका नेता कार्यकर्ता त्यो पार्टीमा रहन नसक्ने भन्दै एमाले प्रवेश गरेका थिए । उनी एमालेबाट चुनाव लडेर बरु हार्न तयार रहेको, तर ‘जिल्लादेखि केन्द्रसम्मका यादवहरुको मनोमानी’का अगाडि लाचार हुन नसक्ने भन्दै पार्टी परिवर्तन गरेका थिए ।
अहिले पनि आसन्न चुनावको मुखमा जिल्लाका प्रभावशाली नेता र कार्यकर्ताहरु पार्टी छोड्ने मनस्थितिमा रहेको र उनीहरुले सिट बाँडफाँटलाई मात्र पर्खिएर बसेको जिल्लाका जसपा नेताहरुले बताएका छन् ।
उपेन्द्र यादवले जसपालाई ‘यादव इन्टरप्राइजेज’ बनाएको आरोप कार्यकर्ताहरुको छ । हाल कार्यकर्ताबीच उपेन्द्रको यो प्रवृत्तिको पुष्टि उनीसँग अहिले वन तथा वातावरण मन्त्रीसमेत रहेका प्रदीप यादवको सम्बन्धले थप प्रष्ट पारेको विश्लेषण हुन थालेको छ ।
पटकपटक पार्टीको कारवाहीमा परेका मन्त्री यादवकै इशारामा उपेन्द्रले यस पटक पर्सा जिल्लाको सिट बाँडफाँटमा अडान लिएको बताइन्छ । २०७४ को चुनावमा तत्कालीन संघीय समाजवादी फोरमले पर्साको १ र ३ नम्बर क्षेत्रमा जितेकोमा जिल्लामा प्रदीपको राजनीतिक वर्चश्व कायम रहने गरी १ र २ नम्बरका लागि यादवले गठबन्धनमा अडान कसेको जसपाका एक केन्द्रीय नेताले जानकारि दिए ।
प्रदीप यादव विगतमा आफूलाई मन्त्री नबनाएको झोकमा अध्यक्ष यादवको पुत्ला जलाउनेदेखि पार्टी कार्यालय तोडफोडजस्ता अमर्यादित काम गराएको भन्दै पार्टीको केन्द्रीय सदस्यबाट हटाइएका थिए । अध्यक्ष यादवकै जोडबलमा उनलाई त्यतिबेला कारवाही गरिएको थियो ।
त्यसअघि उनलाई स्वतन्त्र तिब्बत पक्षधरले युरोपेली मुलुक लात्भियामा आयोजना गरेको कार्यक्रममा सहभागी भएपछि ६ महिनाका लागि साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरेको थियो ।
आफ्नै अडानमा पटकपटक कारवाही गरेका यादवलाई अध्यक्ष यादवले पछिल्लो पटक मन्त्री बनाएपछि पार्टीभित्र यी दुई यादवको सम्बन्ध देखाउने र खाने दाँचबीचको अन्तरजस्तै भएको भनी चर्चा हुने गरेको छ ।
वन मन्त्रीका रुपमा यादवका कामकारवाही पनि विवादमा पर्दै आएका छन् । अघिल्लो चुनावमा जित हात पारेको पर्सा ३ मा त्यसबेला चुनाव हारेका र अहिले एमालेबाट आकांक्षी रहेका नेताको पक्षपोषण हुने गरी २ नम्बर क्षेत्रमा अध्यक्ष यादवले अडान राख्नुलाई पर्साका जसपा कार्यकर्ताले निकै अर्थपूर्ण रुपमा लिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।