logo

पूर्व प्रधानमन्त्री, पूर्वअर्थमन्त्री देखि पूर्व उद्योगमन्त्रीसम्मका नेताहरु यो निर्वाचनको दौडबाट किन बाहिरिए ?

    1614   पटक पढिएको

२४ असोज/अर्थ र व्यापार – आगामी ४ मंसिरमा हुने प्रतिनिधीसभा र राष्ट्रिय सभा सदस्यको निर्वाचनमा पूर्व प्रधानमन्त्री, पूर्वअर्थमन्त्री देखि पूर्व उद्योगमन्त्रीसम्म निर्वाचनको दौडबाट बाहिरिएका छन ।
२०६२/६३ सालको जनआन्दोलन र गणतन्त्रको स्थापनामा विभिन्न भूमिकामा सक्रिय देखिएका यि पूर्वप्रधानमन्त्री र पूर्वमन्त्रीहरु एवं विभिन्न राजनीतिक दलका शीर्ष नेता यसपालीको निर्वाचनमा भने कुनै पनि उम्मेदवारीमा देखिएका छैनन ।
उनीहरुले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सहजै जित्ने पक्का हुँदाहुँदै पनि यो निर्वाचनको दौडबाट पाखा लाग्नु परेको होला भन्नेबारे धेरैलाई कौतुहलता भएको छ । यो निर्वाचनको दौडबाट बाहिरिनुको खास कारण टिकट वितरणमा भाग नमिल्नु नै रहेको छ ।
उनीहरुमध्ये कतिपयले आफ्नो दलबाट टिकट पाएनन् भने केही स्वेच्छाले सक्रिय राजनीतिबाट बाहिरिएबा हुन् । निर्वाचनका लागि आइतबार प्रतिनिधिसभाका एकसय ६५ र प्रदेशसभामा तीनसय ३० निर्वाचन क्षेत्रका लागि सयौँले उम्मेदवारी दिएका छन् । त्यसमा कतिपय चर्चित अनुहार देखिएनन् ।
नेपाली कांग्रेसबाट यस निर्वाचनमा शीर्ष नेता केबी गुरुङ, डा.रामशरण महत, डा.मीनेन्द्र रिजाल, सुनीलकुमार भण्डारी, मन्त्री उमा रेग्मी, मीना पाण्डे, सीतादेवी यादव, महेश आचार्य, लक्ष्मण घिमिरे, विनयध्वज चन्द, डा. अमरेशकुमार सिंह, मानबहादुर विश्वकर्मा, शेषनाथ अधिकारी, हरि नेपाल, अर्जुन खड्का, हरिनाथ बास्तोला लगायत उम्मेदवारका रुपमा देखिएका छैनन ।
यसैगरी, नेकपा (एमाले) नेता भीम रावल, उपाध्यक्ष रामबहादुर थापा बादल, पूर्व उद्योगमन्त्री अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवाली, उपमहासचिव विष्णु रिमाल, सल्लाहकार परिषद्का अध्यक्ष अमृत बोहरा, स्थायी कमिटी सदस्य राधा ज्ञवाली, विन्दा पाण्डे, घनश्याम भुसाल (पार्टीबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार), थममाया थापा, शिवमाया तुम्वाहाम्फे, सीताकुमारी पौडेल लगायत पनि यसपालीको निर्वाचनमा उम्मेदवारका रुपमा देखिएका छैनन ।
आगामी निर्वाचनमा नेकपा (माओवादी केन्द्र)को तर्फबाट सभामुख अग्निप्रसाद सापकोटा, उपाध्यक्ष कृष्णबहादुर महरा, नेताहरु हरिबोल गजुरेल, मुख्यमन्त्री त्रिलोचन भट्ट र कुलप्रसाद केसी लगायतको पनि उम्मेदवारी देखिएन ।
यसैगरि, नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई पनि यस निर्वाचनमा उम्मेदवार बनेका छैनन । उनले यो निर्वाचनमा गोर्खाको आफ्नो क्षेत्र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचन्ड)लाई जिम्मा लगाउन बाध्य भएका छन ।
आगामी ४ मंसिरमा हुने सो निर्वाचनकालागि निर्वाचन आयोगले आइतबार भएको मनोनयनपत्रमा दर्ता प्रक्रियामा प्रतिनिधिसभातर्फ पुरुष दुईहजार दुईसय ६९ र महिला दुई सय ३३ गरी कूल दुईहजार पाँचसय २ जना उम्मेदवार रहेको जनाएको छ । यसैगरि, प्रदेशसभातर्फ पुरुष उम्मेदवारहरु तीनहजार १३९ जना , महिला २९६ र एक अन्य गरी कूल ३ हजार ४३६ उम्मेदवार रहेको आयोजले जनाएको छ ।
निर्वाचन आयोगका अनुसार यस निर्वाचनका लागि मतदाता नामावलीमा एककरोड ७९ लाख ८८ हजार पाँचसय ७० मतदाता संख्या छ । यसमा पुरुष मतदाताको संख्या ९१ लाख ४० हजार ८०६जना , महिला मतदाताको संख्या ८८ लाख ४७ हजार ५७९ र अन्य एक सय ८५ जना रहेका छन ।
निर्वाचनका लागि देशभर १० हजार ८९२ मतदानस्थल र सो अन्तर्गत २२ हजार २२७ मतदान केन्द्र कायम गरिएको छ । यस निर्वाचनका लागि आयोगले गत २० असोजसम्ममा पहिलो चरणमा निर्वाचित हुने निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत ७७ र निर्वाचन अधिकृतको कार्यालय ८८ स्थानमा गरी १६५ निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसकेको छ ।
यो निर्वाचनमा आफुले टिकट नपाएको झोकमा केही नेताहरुले लामो समय त्याग गरेको पुरानो पार्टी नै छोडेर बागी एवं स्वतन्त्र उम्मेदवारी दिएका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।