logo

सेयर बजारमा देखिएको समस्याबारे सदनलाई जानकारी गराउन गगन थापाको माग

    1336   पटक पढिएको

१ असार/अर्थ र व्यापार – नेपाली कांग्रेसका महामन्त्री एवम् प्रतिनिधि सभा सदस्य गगन थापाले सेयर बजारमा देखिएको समस्याबारे सदनमा जानकारी सरकारसँग माग गरेका छन् ।
बुधबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद थापाले सेयर बजारमा लिइएको अस्थिर नीतिका कारण बजारका साना लगानीकर्ता उठ्नै नसक्ने अवस्थामा पुगेको बताए ।
सांसद थापाले अर्थ मन्त्रालय, राष्ट्र बैंक र नेपाल धितोपत्र बोर्डले बजार सुधार गर्न थालेको कामबारे जानकारी गराउन ध्यानाकर्षण गराएका छन् । ‘सामान्य अवस्थामा सेयर बजार तल–माथि हुनु स्वाभाविक नै भए पनि जानाजान अस्थिर नीतिका कारण साना लगानीकर्ता पीडित बन्ने अवस्था गलत छ,’ सांसद थापाले भने ‘बजारको अहिलेको ह्रासले सबै लगानीलाई निरुत्साहन गर्छ ।
राष्ट्र बैंकको कर्जा नीतिका कारण भएको बजारको समस्या हल गरिनु पर्छ । अर्थ मन्त्रालय, राष्ट्र बैंक र धितोपत्र बोर्डले सदनमा जानकारी गराउनु माग गर्दछु ।’ साना लगानीकर्ता र आम मानिसलाई बजारको बारेमा बेलैमा सचेत गर्न नसक्दा जनताको घर–घरमा वितृष्णा पैदा भएको सांसद थापाको भनाइ थियो । ‘बजारलाई एक समय ठिक ठाउँमा पुर्याउनै पर्छ तर साना लगानीकर्ता उठ्न नसक्ने अवस्थामा पुग्नबाट बचाउनु पर्छ । उनीहरु भनेको जनता नै हुन्,’ थापाले भने ।
राष्ट्र बैंकको कर्जा नीतिका कारण भएको बजारको समस्या हल गरिनु पर्ने पनि उनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।