logo

नुवाकोटको बेलकोटगढी नगरपालिका –११ मा कांग्रेसको प्यानल नै बिजयी

    1937   पटक पढिएको

४ जेठ/अर्थ र व्यापार – नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका वडा नम्बर ११ मा नेपाली कांग्रेसको वडाअध्यक्ष सहित सम्पूर्ण प्यानल नै बिजयी भएको छ । मंगलबार साँझ सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार बेलकोटगढी नगरपालिका– ११ को वडाअध्यक्षमा भारि मत ल्याएर नेपाली कांग्रेसको तर्फबाट निर्वाचित भएका प्रकाशजंग पाण्डेको सम्पूर्ण प्यानल नै बिजयी भएको हो ।
गत ३० बैशाखमा भएको स्थानीय तहको निर्वाचनबाट यस नगरपालिकाको ११ नं. वडा अध्यक्षमा बिजयी भएका पाण्डेले कुल ७१४ मत प्राप्त गरेका थिए । उनको निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका प्रेमबहादुर तामाङले कुल ४७६ मत प्राप्त गरेका थिए । यसैगरि, वडा अध्यक्षकै अर्का प्रतिस्पर्धी नेकपा एमालेका नवराज तिवारीले जम्मा ४३० मत प्राप्त गरेका थिए ।
यसैगरि, सो वडामा कांग्रेसकै तर्फबाट निर्वाचित भएका वडा सदस्यहरुमा राजुमान लामा, टिकाराम तामाङ, सरिता तिवारी, चंखमाया सुनार सम्पूर्ण प्यानलसहित विजयी भएका हुन । यसभन्दा अघिल्लो निर्वाचनमा यस नगरपालिकामा मेयर र वडा अध्यक्ष लगायत अघिकाँश पदमा नेकपा एमालेले जितेको थियो । अहिलेसम्मको मत परिणाम अनुसार एमाले तेस्रो स्थानमा रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।