logo

हामीलाई सिध्याउने ओलीको षड्यन्त्र एकै चुट्कीमा समाप्त भयो : नेपाल

    1460   पटक पढिएको

१७ फागुन /अर्थ र व्यापार – सरकारका सक्ता सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले हामीलाई सिध्याउने षड्यन्त्र एकै चुटुकीमा समाप्त भएको बताएका छन । ओलीमा अहंकार भरिएको भन्दै उनले ओलीले दुईदेशीय सहमतिमा पनि राजनीति गरेको आरोप लगाए ।
मंगलबार काठमाडौंमा आफ्नो पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा नेपालले यस्तो बताएका हुन । उनले ओलीमा देशभक्तिको भावना नभएको भन्दै आफू सक्षम हो भने तर्क र बहस गर्न मैदानमा आउन चुनौती दिए ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले एमसीसी सम्झौता अनुमोदन गर्न सहयोग गर्नुपर्ने भए ओलीले आफ्नो सर्त पूरा गर्न दबाब दिएको पनि बताए । पूर्व प्रधानमन्त्री ओलीले एमसीसीमा आफ्नो दलको समर्थन छ भनेर विभिन्न सर्त राख्ने दोहोरो चरित्र अहिले समाप्त भएको बताउँदै नेपालले भने, ‘सर्त पनि सभामुखलाई अभियोग लगाउन, गठबन्धन तोड, केही प्रदेशमा मुख्यमन्त्री देऊ, केही मन्त्री देऊ, माधव नेपालको सांसदलाई कारबाही गर, पार्टी खारेज गरिदेऊ भन्ने राखेछन् । ’ यसैगरि, उनले आफूहरूलाई निमिट्यान्न पार्ने ओलीको दुई सातादेखिको षड्यन्त्र एकै मिनेटमा, एकै चुट्कीमा समाप्त भएको बताए ।
यसैगरि, पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले एमसीसीमा ओली एन्ड कम्पनीले संसद्मा प्रहसन देखाएको धारणा राखे । एमसीसी सम्झौताका विषयमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले संसद्मा प्रहसन प्रस्तुत गरेको आरोप लगाउँदै नेपालले एमालेले एमसीसी सम्झौताबारे जारी गरेको प्रेस नोट आफूले अध्ययन गरेको भन्दै यस्तो प्रतिक्रिया दिएका हुन् ।
‘एमसीसीबारे हामी धारणा लिन्छौँ र त्यसैअनुसार कदम चाल्छौँ भन्ने ओली एण्न्ड कम्पनीबाट सुनेका थियौँ । तर, हामीले अन्त्यमा एमाले न समर्थन न विरोधमा देख्यौँ । संसद्मा प्रहसन देखाउने बाहेक केही गरेन ।’ नेपालले भने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।