logo

वर्तमान गठबन्धनको सरकार तत्काल विघटन हुनुपर्छ: ओली

    1639   पटक पढिएको

१७ फागुन/अर्थ र व्यापार – प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान गठबन्धनको सरकार औचित्यहीन भएकाले ताजा जनादेशमा जानुपर्ने भन्दै तत्काल विघटन हुनुपर्ने बताएका छन् । उनले वर्तमान ‘परमादेशी’ सरकार असंवैधानिक भएको पनि बताए ।
नेकपा एमालेद्धारा मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा ओलीले यस्तो बताएका हुन । उनले वर्तमान सत्ता गठबन्धन अवैध तरिकाले बनेको भन्दै तत्काल विघटन हुनुपर्ने जिकिर गरे ।
‘ यो अवैध सम्बन्धबाट झाडीमा जन्मिएको सरकार हो । यो तत्काल विघटन हुनुपर्दछ । हामीले भनेका छौँ । भावनात्मक रूपमा लोकतन्त्र स्वीकार नगरेका शक्तिहरू सरकारमा छन् । त्यसकारण यस्तो औचित्यहिन असंवैधानिक सरकार ढल्नुपर्छ ’ ओलीले भने ।
यसैगरि, उनले एमालेले पहिल्यै सरकार बन्न नदिन खोजेको भन्दै गठबन्धन ढाल्ने भन्ने कुरा कुनै नौलो नभएको बताए । ‘नेकपा एमालेले ढाल्न खोज्यो, गठबन्धन स्वीकार गरेन भन्नु नयाँ कुरा होइन । किनकि, आजको जनादेश होइन । हामीले ताजा जनादेशमा जाऔँ भनेका छौैँ । लोकतन्त्रमा ताजा जनादेशमा अघि जाने अधिकार छ ’उनले भने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।