logo

वर्तमान गठबन्धनको सरकार तत्काल विघटन हुनुपर्छ: ओली

    1360   पटक पढिएको

१७ फागुन/अर्थ र व्यापार – प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान गठबन्धनको सरकार औचित्यहीन भएकाले ताजा जनादेशमा जानुपर्ने भन्दै तत्काल विघटन हुनुपर्ने बताएका छन् । उनले वर्तमान ‘परमादेशी’ सरकार असंवैधानिक भएको पनि बताए ।
नेकपा एमालेद्धारा मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा ओलीले यस्तो बताएका हुन । उनले वर्तमान सत्ता गठबन्धन अवैध तरिकाले बनेको भन्दै तत्काल विघटन हुनुपर्ने जिकिर गरे ।
‘ यो अवैध सम्बन्धबाट झाडीमा जन्मिएको सरकार हो । यो तत्काल विघटन हुनुपर्दछ । हामीले भनेका छौँ । भावनात्मक रूपमा लोकतन्त्र स्वीकार नगरेका शक्तिहरू सरकारमा छन् । त्यसकारण यस्तो औचित्यहिन असंवैधानिक सरकार ढल्नुपर्छ ’ ओलीले भने ।
यसैगरि, उनले एमालेले पहिल्यै सरकार बन्न नदिन खोजेको भन्दै गठबन्धन ढाल्ने भन्ने कुरा कुनै नौलो नभएको बताए । ‘नेकपा एमालेले ढाल्न खोज्यो, गठबन्धन स्वीकार गरेन भन्नु नयाँ कुरा होइन । किनकि, आजको जनादेश होइन । हामीले ताजा जनादेशमा जाऔँ भनेका छौैँ । लोकतन्त्रमा ताजा जनादेशमा अघि जाने अधिकार छ ’उनले भने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।