logo

युवा नेता लिलाबल्लभ दाहाल ‘काका’ द्धारा काभ्रेको विद्यालयलाई पुस्तक सहयोग

    2075   पटक पढिएको

६ साउन/अर्थ र व्यापार– नेपाली काँग्रेसका युवा नेता एवम् महाधिवेशन प्रतिनिधी लिलाबल्लभ दाहाल ‘काका’ले काभ्रेपलाञ्चोकको राधाकृष्ण प्राथमिक विद्यालयका विद्यार्थीलाई पुस्तक वितरण गरेको छ । 

युवा नेता लिलाबल्लभ दाहाल ‘काका’ को सहयोगमा 'विकल्पका लागि आवाज नेपाल' ले काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–१० स्थित राधाकृष्ण प्राथमिक विद्यालयमा अध्ययनरत ८५ विद्यार्थीलाई पुस्तक वितरण गरेको हो ।

कार्यक्रममा युवा नेता दाहालले राज्यले शिक्षाभन्दा अरु क्षेत्रमा बढी वजेट विनियोजन गर्ने गरेको भन्दै राज्यको पहिलो प्राथमिकतामा शिक्षा हुनुपर्ने बताए । उनले गुणस्तरीय शिक्षाका लागि विद्यालयले पनि महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए । 

त्यसैगरी, नेपाली काँग्रेस काभ्रेका नेता सुन्दरमणि आचार्यले मुलुकको विकासका लागि राज्यले शिक्षा क्षेत्रमा यथेष्ट लगानी गर्नुपर्ने बताउदै विद्यालयमा दरबन्दी थप्ने कुरामा आफूले विशेष पहल गर्ने बताए । 

यस्तै, स्थानीय सरकार र प्रदेश सरकारले शिक्षा क्षेत्रको विकासका लागि विशेष पहल गर्नुपर्ने नेपाली काँग्रेस काभ्रेका अर्का नेता निराजन लुईँटेलले बताए । 

विद्यालयका प्रधानाध्यापक गीता लुईँटेलले विस २०६५ सालमा स्थापना भएयता १३ वर्षसम्ममा विद्यालयमा दुई जना राहत शिक्षक र पाँचजना निजी शिक्षकबाट अध्यापन हुँदै आएको बताईन् । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सूर्यप्रसाद तिमल्सेनाले स्रोत अभावका कारण निजी शिक्षकलाई मासिक ६ हजार तलब दिँदै आएको उक्त विद्यालयलाई गत वर्षदेखि वडा कार्यालयले रु दुई लाख वजेट विनियोजन गरेकोे बताए । 

'विकल्पका लागि आवाज नेपाल' ले शिक्षा क्षेत्रको विकास तथा बाढीपहिरो जस्ता प्राकृतिक प्रकोपमा परेकाहरुलाई सहयोग गर्दै आएको उक्त संस्थाका अध्यक्ष युवराज तिमल्सेनाले बताए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।