logo

युवा नेता लिलाबल्लभ दाहाल ‘काका’ द्धारा काभ्रेको विद्यालयलाई पुस्तक सहयोग

    1690   पटक पढिएको

६ साउन/अर्थ र व्यापार– नेपाली काँग्रेसका युवा नेता एवम् महाधिवेशन प्रतिनिधी लिलाबल्लभ दाहाल ‘काका’ले काभ्रेपलाञ्चोकको राधाकृष्ण प्राथमिक विद्यालयका विद्यार्थीलाई पुस्तक वितरण गरेको छ । 

युवा नेता लिलाबल्लभ दाहाल ‘काका’ को सहयोगमा 'विकल्पका लागि आवाज नेपाल' ले काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–१० स्थित राधाकृष्ण प्राथमिक विद्यालयमा अध्ययनरत ८५ विद्यार्थीलाई पुस्तक वितरण गरेको हो ।

कार्यक्रममा युवा नेता दाहालले राज्यले शिक्षाभन्दा अरु क्षेत्रमा बढी वजेट विनियोजन गर्ने गरेको भन्दै राज्यको पहिलो प्राथमिकतामा शिक्षा हुनुपर्ने बताए । उनले गुणस्तरीय शिक्षाका लागि विद्यालयले पनि महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए । 

त्यसैगरी, नेपाली काँग्रेस काभ्रेका नेता सुन्दरमणि आचार्यले मुलुकको विकासका लागि राज्यले शिक्षा क्षेत्रमा यथेष्ट लगानी गर्नुपर्ने बताउदै विद्यालयमा दरबन्दी थप्ने कुरामा आफूले विशेष पहल गर्ने बताए । 

यस्तै, स्थानीय सरकार र प्रदेश सरकारले शिक्षा क्षेत्रको विकासका लागि विशेष पहल गर्नुपर्ने नेपाली काँग्रेस काभ्रेका अर्का नेता निराजन लुईँटेलले बताए । 

विद्यालयका प्रधानाध्यापक गीता लुईँटेलले विस २०६५ सालमा स्थापना भएयता १३ वर्षसम्ममा विद्यालयमा दुई जना राहत शिक्षक र पाँचजना निजी शिक्षकबाट अध्यापन हुँदै आएको बताईन् । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सूर्यप्रसाद तिमल्सेनाले स्रोत अभावका कारण निजी शिक्षकलाई मासिक ६ हजार तलब दिँदै आएको उक्त विद्यालयलाई गत वर्षदेखि वडा कार्यालयले रु दुई लाख वजेट विनियोजन गरेकोे बताए । 

'विकल्पका लागि आवाज नेपाल' ले शिक्षा क्षेत्रको विकास तथा बाढीपहिरो जस्ता प्राकृतिक प्रकोपमा परेकाहरुलाई सहयोग गर्दै आएको उक्त संस्थाका अध्यक्ष युवराज तिमल्सेनाले बताए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।