logo

नेपाल उद्योग परिसंघका प्रतिनिधि र प्रधानमन्त्री देउवाबीच भेट

निजी क्षेत्रको लगानी अभिवृद्धिमा सरकारले सहयोग गर्ने

    1686   पटक पढिएको



५ साउन/अर्थ र व्यापार– नेपाल उद्योग परिसंघ (सीएनआई) को प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा परिसंघको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री देउवाले निजी क्षेत्रको लगानी अभिवृद्धिमा सहयोग गर्न आफू सधैं तयार रहेको बताएका छन् । 

प्रधानमन्त्री देउवाले औद्योगिक विकासका लागि निजी क्षेत्रले लगानी वृद्धि गर्नुपर्ने भन्दै त्यसको लागि आवश्यक पर्ने नीतिगत सहजीकरणका लागि सरकार तयार रहेको बताए । उनले नेपाली कांग्रेसले निजी क्षेत्रलाई सधैं प्रवर्द्धन गरेको पनि बताए । 

प्रधानमन्त्री देउवाले परिसंघले अघि बढाएको 'मेक इन नेपाल’ अभियानले नेपाली वस्तुको उत्पादन र उपभोग बढाउन महत्तवपूर्ण भूमिका निर्वाह गर्ने भन्दै अभियानले नेपालको अर्थतन्त्रमा गुणात्मक परिवर्तन ल्याउने औजार बन्ने विश्वास व्यक्त गरे।

भेटमा परिसंघका अध्यक्ष सतिशकुमार मोरले प्रधानमन्त्री देउवालाई बधाई ज्ञापन गर्दै आयातमुखी नेपाली अर्थतन्त्रलाई उत्पादनमुखी बनाउन निजी क्षेत्र प्रयासरत रहेको बताए । यसको लागि निजी क्षेत्रले सरकारबाट ठूलो अपेक्षा गरेको बताए । 

परिसंघ अध्यक्ष मोरले नीतिगत स्थिरताले लगानी बढाउन सहयोग गर्ने भन्द नीतिगत सहजीकरणमार्फत् लगानी अभिवृद्धिको वातावरण बनाउन पनि प्रधानमन्त्रीसँग आग्रह गरे । 

परिसंघका निवर्तमान् अध्यक्ष हरिभक्त शर्माले सरकारले साथ दिए नेपालको अर्थतन्त्रलाई चलायमान बनाउन र यसको नेतृत्व गर्न निजी क्षेत्र सक्षम रहेको बताए ।

यसैगरी, परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवालले विद्यमान संकटसँग जुध्न कोभिडविरुद्धको भ्याक्सिन उपलब्धतामा सरकारले ध्यान दिनुपर्ने बताए । 

प्रधानमन्त्रीसंगको भेटमा परिसंघका महानिर्देशक यादवप्रसाद पौड्याल, उपाध्यक्षहरू निर्वाण चौधरी, राजेशकुमार अग्रवाल, सुलभ अग्रवाल, कृष्णप्रसाद अधिकारी र वीरेन्द्रराज पाण्डेलगायतको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।