logo

निर्वाचन विरोधी गतिविधिमा संलग्न पश्चिमाञ्चल क्षेत्रबाट १ सय २४ जना पक्राउ

    1217   पटक पढिएको

 

 

१९ मंसिर / अर्थ र व्यापार - पोखरा । निर्वाचनमा सुरक्षा चुनौति देखिएको भन्दै पश्चिमाञ्चल क्षेत्रबाट १ सय २४ जना पक्राउ परेका छन् । निर्वाचन विरोधी क्रियाकलापमा संलग्न र हतियारसहित डर पैदान गर्ने काम गरेको भन्दै पश्चिमाञ्चल क्षेत्रबाट उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्ने अधिकांशमा विप्लव नेतादेखि स्थानीय कार्यकर्तासम्म छन् । पक्राउ परेका व्यक्तिहरुमाथि अनुसन्धान भइरहेको पश्चिमाञ्चल क्षेत्रीय सुरक्षा समितिले जनाएको छ ।

 

पश्चिमाञ्चलका धेरै ठाउँमा पहिलो र दोस्रो चरणको निर्वाचनमा बम बिस्पोटदेखि थर्काउने धम्काउनेसम्मका गतिविधि भएका छन् । केही दिनअघिमात्र तनहुँ क्षेत्र नम्बर २ को प्रदेश सभा १ उम्मेदवार प्रदीप पौडेलको घरमा बम प्रहार भएको थियो भने कास्की क्षेञ नम्बर २ को प्रदेश सभा २ का कांग्रेस उम्मेदवार विन्दुकुमार थापा घर नजिकै राखिएको बम नेपाली सेनाले डिस्पोज गरेको थियो ।

 

सोमबार मात्रै तनहुँमा ४ वटा पेस्तोल र ठूलो परिणाममा त्यसमा लाग्ने गोलीसहित ३ जना युवालाई पक्राउ गरिएको थियो । निर्वाचनविरोधी गतिविधिमा संलग्न भएको आशंका उनीहरुमाथि नरहे पनि हतियारसहित पक्राउ पर्नुलाई सामान्य रुपमा लिन नहुने प्रहरी बताउँछ । पहिलो चरणमा निर्वाचन भएका जिल्लाबाट निर्वाचनविरोधी गतिविधिमा संलग्न व्यक्ति समातिएका थिए भने अहिले दोस्रो चरणको निर्वाचन हुने जिल्लामा निगरानी बढाउँदै त्यस्ता व्यक्तिलाई नियन्त्रणमा लिने काम सुरक्षाकर्मीले गरिरहेका छन् । सीमावर्ती जिल्लामा अन्तरदेशीय बैठक गरेर सुरक्षामा समन्वयको व्यवस्था मिलाएको पश्चिमाञ्चलका क्षेत्रीय प्रशासक लक्ष्मण अर्यालले जानकारी दिए । ‘निर्वाचनमा सहभागी दल र उम्मेदवारसँग निरन्तर सम्पर्कमा रहेर सुरक्षा समन्वय गरेका छौं,’ क्षेत्रीय प्रशासक अर्यालले भने, ‘सुरक्षा जाँच बढाइएको छ । सबै सुरक्षा निकायबाट गस्ती एवं पेट्रोलिङ र आवश्यकता अनुसार हवाई गस्तीसमेत भइरहेका छन् ।’

 

पश्चिमाञ्चल क्षेत्र अन्तर्गत प्रदेश नं. ४ का ५ जिल्लाहरु तनहुँ, स्याङ्जा, कास्की, पर्वत, नवलपरासी (सुस्ता पूर्व र प्रदेश नं. ५ का ६ जिल्लाहरु पाल्पा, गुल्मी, अर्घाखाँची, रुपन्देही, कपिलवस्तु र नवलपरासी (सुस्ता पश्चिम) मा २१ मंसिरमा निर्वाचन हुँदैछ । उक्त जिल्लाहरुमा जिल्ला स्तरीय सुरक्षा संयन्त्र मार्फत निर्वाचन सुरक्षा कडा बनाएको समेत क्षेत्रीय प्रशासक अर्यालले बताए ।

 

निर्वाचन सुरक्षाका लागि प्रदेश नं. ४ का ५ जिल्लामा १४ हजार २ सय २८ जना र प्रदेश नं. ५ को ६ जिल्लामा २१ हजार १ सय १९ जना गरी ३५ हजार ३ सय ७७ जना सुरक्षाकर्मी परिचालन भएका छन् । सुरक्षा चुनौतिलाई मध्यनजर गर्दै सुरक्षाकर्मीको थपघट गरिने क्षेत्रीय सुरक्षा समितिले जनाएको छ । भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न कुनै कसर बाँकी नराखेको क्षेत्रीय प्रशासक अर्याल बताउँछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।