logo

पोखराकमा दृष्टिविहीनका लागि ‘उज्यालो बजार’ शुरु

    2484   पटक पढिएको

२ भदौ / अर्थ र व्यापार – उज्यालो प्रतिष्ठान नेपालले दृष्टिविहीन तथा अन्य अपाङ्गता भएका व्यक्तिका लागि बिहिबारदेखि पोखराको चिप्लेढुंगास्थित सिद्धार्थ मिनि मार्केटमा उज्यालो बजार शुरु गरेको छ । उनीहरुलाई व्यावसायिकता र उद्यमशीलतामार्फत आत्मनिर्भर तथा स्वरोजगार बनाउने उद्देश्यका साथ उज्यालो बजार शुरु गरिएको हो ।

दृष्टिविहिन व्यक्तिलाई समाजको बोझका रुपमा लिइने, उनीहरुको ज्ञान, सीप र क्षमताको प्रयोग गर्ने उपयुक्त स्थानको अभाव, पारिवारिक सामाजिक अविश्वास, व्यवसाय सञ्चालनको अव्यवस्थित तौरतरिकाजस्ता कुरालाई चिर्न दृष्टिविहीनले पनि केही गर्न सक्छन् भन्ने विश्वास दिलाउन व्यवसाय सञ्चालन गरिएको हो ।

तीसवटा सटर लिई २१ जना दृष्टिविहीन व्यक्तिलाई व्यवसायी बनाउने उद्देश्य राखिएकोमा अन्य अपाङ्गता भएका व्यक्तिसमेत व्यवसायमा संलग्न भएका छन् । होटल, किराना पसल, कस्मेटिक, फलफूल, तरकारी, डेरी, फ्रेस हाउस, फेन्सीजस्ता पसलमा शुरुमा १५ जना दृष्टिविहीन र एक शारीरिक अपाङ्गता भएकासहित १६ जना व्यक्तिले व्यवसाय शुरु गरेका छन् ।

यसका लागि ढाकामोहन पराजुली र राजेश पराजुलीले रु तीन लाख बराबरको घर भाडा छुट, उद्यमी कृषि सहकारी संस्था लि, पञ्चासे हस्तकला उद्योग, लायन्स क्लब अफ गण्डकी, होटल दीपसागर, सपना आयुर्वेद अस्पताललगायतका संस्थाले सहयोग गरेका छन् ।

आफूलाई आवश्यक दैनिक उपभोग्य वस्तु खरिद गर्दा समाज सेवा पनि हुने भएकाले सम्पूर्ण जनसमुदायलाई उज्यालो बजारमा आई किनमेल गरिदिनुहुन उज्यालो प्रतिष्ठानले सबैसँग हार्दिक अपिल पनि गरेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।