logo

आठ महिनापछि खुल्दै एलिट जङ्सन एलओडी

    3042   पटक पढिएको


१७ मंसिर/अर्थ र व्यापार– राजधानीको ठमेलमा रहेको नाइट क्लब लर्ड अफ ड्रिङ्क्स’ (एलओडी) आज बुधबारबाट पुनः संचालनमा आउने भएको छ ।

संचालनमा आएको छोटो समयमै तन्नेरी तथा शहरी एलिट बर्गको आकर्षणको केन्द« बनेको एलओडी गत चैतदेखी सरकारले कोभिड संक्रमण नियन्त्रणका लागि भीड जम्मा हुने सम्पूर्ण मनोरन्जनात्मक गतिविधिहरुमा रोक लगाएसंगै बन्द भएको थियो । 

एलओडीका सहसंचालक तथा सीइओ रवीन श्रेष्ठले करोडौं लगानी गरेर खोलेको क्लब आठ महिनादेखि बन्द हुँदा चाँडै पुनः संचालनमा नआए व्यवसायबाटै पलायन हुनुपर्ने अवस्था आएपछि पुनः संचालन गर्न लागेको बताए।

श्रेष्ठले क्लब खोल्नका लागि सरकारबाट कुनै निर्देशन नआएपनि लाइभ म्युजिकसहित लन्जको सेवा दिनेगरी संचालनमा ल्याउन लागेको जानकारी दिए । क्लबमा श्रेष्ठसहित राजु सिंह, भुपेन कुँवर र रुदीप श्रेष्ठ लगायतको लगानी रहेको छ ।  

श्रेष्ठले तत्कालको लागि साँझ ६ बजेदेखि राती १० बजेसम्मका लागि लाइभ म्युजिक सहितको लन्ज सेवाबाट क्लव संचालनमा आउँने जानकारी दिए ।

क्लवका सहसंचालक तथा सीइओ श्रेष्ठले सधैं डराएर बस्दा व्यवसायबाट पलाएन हुनपर्ने अवस्था आएको भन्दै आफुहरु व्यवसाय चलाउन तयार भएको बताए । यसका लागि सरकारले न्यु नर्मल लाईफमा फर्किन सघाउनु पर्ने बताए । 

पछिल्लो ६ महिनायता मात्रै संचालकहरुले ६० लाख रुपैयाँभन्दा बढी आफ्नै खल्तीबाट जमिनको लिज भाडा, डेढ सयभन्दा बढी स्टाफको पारिश्रमिक, बिजुली महसुल लगाएतका लागि खर्च गरिसकेको छ । 

१८ सयदेखि दुई हजारजना अटाउने यो क्लबमा अहिलेको कोभिड–१९ को संक्रमणलाई मध्यनजर गर्दै पुर्ण स्वास्थ्य सुरक्षा सतर्कता पालना गरी बढीमा तीन सय जना ग्राहक क्षमतामा सेवा प्रवाह गर्ने क्लवको योजना छ । 

यस क्लवका सञ्चालकहरुले देशकै महँगा ठाउँमध्येमा पर्ने ठमेलमा करिब १६ करोड रुपैयाँ लगानीमा २६ आना जग्गा लिजमा लिएर ९६०० वर्गफिट फ्लोर स्पेस भएको क्लव सञ्चालनमा ल्याएको हो । 

बन्द हुनु अघि देशका चर्चित सेलिब्रेटी, उद्योगी, व्यवसायी, बैंकरदेखि पूर्वराजा ज्ञानेन्द्रसम्मले एलओडीमा मनोरञ्नज लिएका थिए ।  
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।