logo

आठ महिनापछि खुल्दै एलिट जङ्सन एलओडी

    2624   पटक पढिएको


१७ मंसिर/अर्थ र व्यापार– राजधानीको ठमेलमा रहेको नाइट क्लब लर्ड अफ ड्रिङ्क्स’ (एलओडी) आज बुधबारबाट पुनः संचालनमा आउने भएको छ ।

संचालनमा आएको छोटो समयमै तन्नेरी तथा शहरी एलिट बर्गको आकर्षणको केन्द« बनेको एलओडी गत चैतदेखी सरकारले कोभिड संक्रमण नियन्त्रणका लागि भीड जम्मा हुने सम्पूर्ण मनोरन्जनात्मक गतिविधिहरुमा रोक लगाएसंगै बन्द भएको थियो । 

एलओडीका सहसंचालक तथा सीइओ रवीन श्रेष्ठले करोडौं लगानी गरेर खोलेको क्लब आठ महिनादेखि बन्द हुँदा चाँडै पुनः संचालनमा नआए व्यवसायबाटै पलायन हुनुपर्ने अवस्था आएपछि पुनः संचालन गर्न लागेको बताए।

श्रेष्ठले क्लब खोल्नका लागि सरकारबाट कुनै निर्देशन नआएपनि लाइभ म्युजिकसहित लन्जको सेवा दिनेगरी संचालनमा ल्याउन लागेको जानकारी दिए । क्लबमा श्रेष्ठसहित राजु सिंह, भुपेन कुँवर र रुदीप श्रेष्ठ लगायतको लगानी रहेको छ ।  

श्रेष्ठले तत्कालको लागि साँझ ६ बजेदेखि राती १० बजेसम्मका लागि लाइभ म्युजिक सहितको लन्ज सेवाबाट क्लव संचालनमा आउँने जानकारी दिए ।

क्लवका सहसंचालक तथा सीइओ श्रेष्ठले सधैं डराएर बस्दा व्यवसायबाट पलाएन हुनपर्ने अवस्था आएको भन्दै आफुहरु व्यवसाय चलाउन तयार भएको बताए । यसका लागि सरकारले न्यु नर्मल लाईफमा फर्किन सघाउनु पर्ने बताए । 

पछिल्लो ६ महिनायता मात्रै संचालकहरुले ६० लाख रुपैयाँभन्दा बढी आफ्नै खल्तीबाट जमिनको लिज भाडा, डेढ सयभन्दा बढी स्टाफको पारिश्रमिक, बिजुली महसुल लगाएतका लागि खर्च गरिसकेको छ । 

१८ सयदेखि दुई हजारजना अटाउने यो क्लबमा अहिलेको कोभिड–१९ को संक्रमणलाई मध्यनजर गर्दै पुर्ण स्वास्थ्य सुरक्षा सतर्कता पालना गरी बढीमा तीन सय जना ग्राहक क्षमतामा सेवा प्रवाह गर्ने क्लवको योजना छ । 

यस क्लवका सञ्चालकहरुले देशकै महँगा ठाउँमध्येमा पर्ने ठमेलमा करिब १६ करोड रुपैयाँ लगानीमा २६ आना जग्गा लिजमा लिएर ९६०० वर्गफिट फ्लोर स्पेस भएको क्लव सञ्चालनमा ल्याएको हो । 

बन्द हुनु अघि देशका चर्चित सेलिब्रेटी, उद्योगी, व्यवसायी, बैंकरदेखि पूर्वराजा ज्ञानेन्द्रसम्मले एलओडीमा मनोरञ्नज लिएका थिए ।  
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।