logo

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

    3007   पटक पढिएको

२९ चैत/अर्थ र व्यापार – विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।
पर्यटन तथा संस्कृति मन्त्री प्रेम आले मगरको प्रमुख आतिथ्यमा चलचित्र विकास वोर्ड सभाहलमा आयोजना भएको बल्कबष्टर नेपाली फिल्म अवार्ड २०७८ मा रजत जयन्ती सम्मानबाट वरिष्ठ गीतकार डा.कृष्णहरि बराल, बरिष्ठ निर्माता निर्देशक दयाराम दाहाल र वरिष्ठ गायिका देविका वन्दना सम्मानित भएका छन ।
यसैगरी, अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ शेर्पा, पुर्व राष्ट्रिय खेलाडी अनिल गुरुङ र पुर्व खेलाडी तथा भकुण्डो चलचित्रका निर्माता सुन्दर थापा क्षेत्रीलाई फुटबल बिधाबाट सम्मान गरिएको छ ।
अग्रज सुवेदी पत्रकारिता पुरस्कारबाट पत्रकार रामहरि सिलवाल, निरन्तरता युवा पत्रकारिता पुरस्कारमा जनसवाल राष्ट्रिय दैनिकका सम्पादक रामजी बगाले र क्रियाशील पत्रकारितामा श्याम स्मृत सम्मानित भएका छन ।
कोभिड १९ कोरोनाको महामारीका बीचमा चलचित्र निर्माण गरि प्रदर्शन गरेका डेढ दर्जन चलचित्रलाई सम्मान पत्र वितरण गरिएको थियो । जसमा वर्षको उत्कृष्ट व्यवसायिक चलचित्रमा म यस्तो गीत गाउँछुबाट नायक पल शाह, नायिका पूजा शर्मा, निर्देशक सुदर्शन थापा, वितरक करण श्रेष्ठले अवार्ड प्राप्त गर्न सफल भए ।
बरिष्ठ चलचित्रकर्मी शिवको निर्माण कम्पनीले कोरोना महामारीमा पहिलो फिल्म रिलिज गरिएकोले सम्मान गरियो । मदन घिमिरे, आर पि पन्त, नरेश पौडेल, गीतकार तथा डिजाइनर सुन्दर श्रेष्ठ, ज्ञानेन्द्र देउजा, उत्तम के.सी, सुभाष गजुरेललगायतको बाक्लो उपस्थित रहेको कार्यक्रममा मायाको चिनो र विश्व कलाकार महासंघको तर्फबाट आजीवन सदस्यको सम्मानपत्र वितरण गरिएको थियो ।
त्यसैगरी सो कार्यक्रममा ९ जना जुरि बरिष्ट चलचित्रकर्मीहरूलाई पनि सम्मानपत्र प्रदान गरिएको थियो । कार्यक्रममा सामाजिक विषयवस्तु उठानमा बनेको चलचित्र चुरिफुरीलाई अवार्ड प्रदान गरिएको थियो भने कठपुतली चलचित्रलाई प्रोत्साहन सम्मान प्रदान गरिएको थियो । नव प्रतिभा बिधामा शक्ति श्रेष्ठले अवार्ड प्राप्त गरेका छन् भने महमारीमा नेपाली चलचित्र चलायमान गराउन महत्वपूर्ण योगदान दिने फिल्म वितरक कम्पनी एफडी कम्पनीबाट सुशील पोखरेल, हल व्यवसायीमा नरेन्द्र महर्जन, फिल्म स्टुडियो बिधाबाट बस्नेत स्टुडियोलाई सम्मानपत्र प्रदान गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।