logo

'दधिराज सुवेदी पुरस्कार २०७७' वरिष्ठ गीतकार कोइराला र पत्रकार विरहीलाई

    3295   पटक पढिएको

१२ पुस/अर्थ र व्यापार– 'दधिराज सुवेदी पुरस्कार २०७७’ बाट वरिष्ठ कवि तथा गीतकार एसपी कोइराला (शंकर कोइराला) र वरिष्ठ पत्रकार हरिहर विरहीलाई प्रदान गरिने भएको छ ।

प्रतिष्ठानका अध्यक्ष प्राज्ञ बिवश पोखरेलको अध्यक्षतामा बसेको बैठकले ५१ हजार राशिको दधिराज सुवेदी राष्ट्रिय भाषा साहित्य पुरस्कार वरिष्ठ साहित्यकार कवि एसपी कोइरालालाई र र २५ हजार राशिको दधिराज सुवेदी राष्ट्रिय पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार हरिहर विरहिलाई दिने निर्णय गरेको हो ।

वरिष्ठ साहित्यकार प्राज्ञ दधिराज सुबेदीको सम्मानमा उनका छोराहरू शरदराज र रुपकराजले १५ लाखको अक्षय कोषसहित सो पुरस्कार स्थापना गरेका हुन् ।

प्रतिष्ठनले हरेक वर्ष दुईजना विशिष्ट ब्यक्तिलाई कोषको ब्याजबाट पुरस्कृत गर्दै आएको छ । पुरस्कार बाट यस अघि साहित्यकारहरु प्रा डा गोबिन्दराज भट्टराई, प्राडा अभि सुवेदी, प्राडा माधव प्र पोखरेल र पत्रकारहरू किशोर नेपाल, हरिबहादुर थापा,शिव बा कार्की पुरस्कृत भइसकेका छन्।

कोरोना महामारीका कारण विसं २०७६ सालको लागि घोषणा गरिएको साहित्यतर्फको पुरस्कार डा विष्णुबिभु घिमिरेलाई र पत्रकारिता पुरस्कार मोहन भण्डारीलाई पुरस्कार वितरण गर्न नसकिएकोले आगामी माघ महिनामा आयोजना गरिने समारोहमा नै वितरण गरिने छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।