logo

हमालको म्यूजिक भिडियो मोह

    2741   पटक पढिएको

२६ कार्तिक / अर्थ र व्यापार - केही समय अगाडि नायक राजेश हमाल र नायिका करिश्मा मानन्धरलाई म्यूजिक भिडियोमा एकसाथ देखियो । मेलिना राई र भिम चापागाँईको स्वरमा रहेको ‘चट्ट बसम देउरालीमा’ बोलको म्युजिक भिडियोमा राजेश र करिश्माले ठुम्का लगाएका थिए । उक्त गीतले युट्युबमा २० लाख बढि भ्युज पाएको छ ।

अहिले राजेश चलचित्रको गीतमा कम देखिन्छन् । बरु उनलाई पछिल्लो समय म्युजिक भिडियोमा देख्न पाइन्छ । सोमबार राजेशको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । रेनु विष्टको आवाजमा रहेको ‘मैले चोट खाँदा’ बोलको गीतमा राजेशलाई फिचर गरिएको छ । भिडियोलाई शिव बिकले निर्देशन गरेका छन् ।

राजेशले सुनिल सिंह ठकुरीको गीतमा पनि अभिनय गरेका छन् । ‘जिन्दगी’ बोलको उक्त गीत राजेश हमालको जीवनको पहिलो म्युजिक भिडियो भएको बताइएको छ । यो गीतको भिडियोमा राजेशले श्रीमति मधु भट्टराईसँग काम गरेका छन् ।

यस्तै, केही दिन अगाडि मात्र रिलिज भएको ‘आमाको आशु’ बोलको म्युजिक भिडियोमा हमाललाई देख्न सकिन्छ । विरही कार्कीको यो गीतमा राजेशसँगै सविन बास्तोला, लक्ष्मी गिरी, अन्जली अधिकारीले पनि अभिनय गरेका छन् ।

राजेशले पछिल्लो समय कुनै चलचित्र साइन गरेका छैनन् । उनले चलचित्र निर्देशन गर्ने चर्चा चलेको पनि लामै समय भयो । तर, उनी चलचित्र बनाउने सुरमा अझै लागेका छैनन् । बरु, म्यूजिक भिडियो, महोत्सव र विदेशमा हुने कार्यक्रममा नै हमाल व्यस्त बनेका छन् ।

चलचित्रमा अभिनय गर्नका लागि सय पटक सोच्ने हमाल म्यूजिक भिडियोमा भने महंगो पारिश्रमिक लिएर खेलिरहेका छन् ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।