logo

स्थानीयलाई खुल्ला गरेको युनिभर्सल पावर कम्पनीको आईपिओमा आवेदन न्यून परेपछि दोस्रो पटक समय थप

    1442   पटक पढिएको

६ माघ /अर्थ र व्यापार  - युनिभर्सल पावर कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई खुल्ला गरेको आईपिओमा न्यून मात्रमा मात्र आवेदन परेपछि दोस्रो पटक समय थप गरिएको छ । अब स्थानीयले माघ १३ गतेसम्म आवेदन गर्न सक्नेछन् । यसअघि पुस २९ गतेसम्म सयम रहेकोमा एक सातााको लागि समय बढाइएको थियो । कम्पनीको बिक्री प्रबन्धक सिद्धाथ क्यापिटलको अनुसार आयोजना प्रभावित क्षेत्रका स्थानीयहरुबाट आवेदन बुझाउने अवधि थप गर्न आग्रह गरिएपछि माघ ६ गते दोस्रो पटक एक हप्ताको लागि समय बढाइएको हो ।

हालसम्म दुई हजार ५९२ जना स्थानीयले दुई करोड ८५ लाख रुपैयाँ बराबरको दुई लाख ८५ कित्ता शेयरकोलागि आवेदन परेको सिद्धार्थ क्यापिटलले जानकारी गराएको छ । यो सर्वसाधारणमा निष्काशन भएको शेयरको १३.५७ प्रतिशत मात्र बिक्री हो । जारी गरेको शेयरमध्ये अझै ८६.४३ प्रतिशत अर्थात १८ करोड १५ लाख ३५ हजार रुपैयाँ बराबरको १८ लाख १५ हजार ३५० कित्ता शेयर बिक्री हुन बाँकी छ । माघ १३ सम्मपनि सबै शेयर बिक्री नभएमा अविरित शेयर सर्वसाधारणलाइ निष्काशन हुने शेयरमा थप हुनेछ । 
कम्पनीले गत पुस १५ गतेदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाको लागि एक सय रुपैयाँ अंकित दरको २१ करोड ३५ हजार रुपैयाँ बराबरको २१ लाख ३५० कित्ता साधारण शेयर निष्काशन गरेका छ । 

अहिले कम्पनी पहिलो चरणमा आयोजना प्रभावित क्षेत्र दोलखा जिल्लाको गौरिशंकर, कालिन्चोक र विगु गाँपालिकाका स्थानीहरुले मात्र आवेदन गर्न पाउनेछन् । यस आईपिओमा न्यूनतम ५० कित्तादेखि अधिकतम ५ लाख कित्तासम्मका लागि आवेदन गर्न पाउने व्यवस्था रहेको छ ।

स्थानीयहरुले हिमालयन बैंक गौरिशंकर शाखा, सिद्धार्थ बैंक, एनआईसी एशिया, महालक्ष्मी विकास बैंक, र सिन्धु विकास बैंकको चरिकोट शाखा कार्यालय तथा सिन्धु विकास बैंकको मुडे र सिंगटी शाखा कार्यालयबाट पनि आइपिओमा आवेदन गर्न सक्नेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।