logo

स्थानीयलाई खुल्ला गरेको युनिभर्सल पावर कम्पनीको आईपिओमा आवेदन न्यून परेपछि दोस्रो पटक समय थप

    1743   पटक पढिएको

६ माघ /अर्थ र व्यापार  - युनिभर्सल पावर कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई खुल्ला गरेको आईपिओमा न्यून मात्रमा मात्र आवेदन परेपछि दोस्रो पटक समय थप गरिएको छ । अब स्थानीयले माघ १३ गतेसम्म आवेदन गर्न सक्नेछन् । यसअघि पुस २९ गतेसम्म सयम रहेकोमा एक सातााको लागि समय बढाइएको थियो । कम्पनीको बिक्री प्रबन्धक सिद्धाथ क्यापिटलको अनुसार आयोजना प्रभावित क्षेत्रका स्थानीयहरुबाट आवेदन बुझाउने अवधि थप गर्न आग्रह गरिएपछि माघ ६ गते दोस्रो पटक एक हप्ताको लागि समय बढाइएको हो ।

हालसम्म दुई हजार ५९२ जना स्थानीयले दुई करोड ८५ लाख रुपैयाँ बराबरको दुई लाख ८५ कित्ता शेयरकोलागि आवेदन परेको सिद्धार्थ क्यापिटलले जानकारी गराएको छ । यो सर्वसाधारणमा निष्काशन भएको शेयरको १३.५७ प्रतिशत मात्र बिक्री हो । जारी गरेको शेयरमध्ये अझै ८६.४३ प्रतिशत अर्थात १८ करोड १५ लाख ३५ हजार रुपैयाँ बराबरको १८ लाख १५ हजार ३५० कित्ता शेयर बिक्री हुन बाँकी छ । माघ १३ सम्मपनि सबै शेयर बिक्री नभएमा अविरित शेयर सर्वसाधारणलाइ निष्काशन हुने शेयरमा थप हुनेछ । 
कम्पनीले गत पुस १५ गतेदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाको लागि एक सय रुपैयाँ अंकित दरको २१ करोड ३५ हजार रुपैयाँ बराबरको २१ लाख ३५० कित्ता साधारण शेयर निष्काशन गरेका छ । 

अहिले कम्पनी पहिलो चरणमा आयोजना प्रभावित क्षेत्र दोलखा जिल्लाको गौरिशंकर, कालिन्चोक र विगु गाँपालिकाका स्थानीहरुले मात्र आवेदन गर्न पाउनेछन् । यस आईपिओमा न्यूनतम ५० कित्तादेखि अधिकतम ५ लाख कित्तासम्मका लागि आवेदन गर्न पाउने व्यवस्था रहेको छ ।

स्थानीयहरुले हिमालयन बैंक गौरिशंकर शाखा, सिद्धार्थ बैंक, एनआईसी एशिया, महालक्ष्मी विकास बैंक, र सिन्धु विकास बैंकको चरिकोट शाखा कार्यालय तथा सिन्धु विकास बैंकको मुडे र सिंगटी शाखा कार्यालयबाट पनि आइपिओमा आवेदन गर्न सक्नेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।