logo

जिओ फ्लाईट सञ्चालनमा

मोबाईलबाटै सबै सुविधा लिन सकिने, सहज र सस्तोमा हवाई टिकट पाईने

    1198   पटक पढिएको

२६ असार/अर्थ र व्यापार – नेपाली उपभोक्तालाई सरल र सस्तो मूल्यमा हवाई टिकट सहितको सेवा सुविधा उपलब्ध गराउने उद्देश्यले ‘जिओ फ्लाईट’ सञ्चालनमा आएको छ । जोय ग्रुपले उपभोक्तालाई सहज रुपमा हवाई टिकट सहितको भ्रमण प्याकेज उपलब्ध गराउने उद्देश्य अनुरुप सो अनलाईन प्लेटफर्म सञ्चालनमा ल्याएको हो ।
जोय ग्रुपले सञ्चालनमा ल्याएको जिओ फ्लाईटलाई हाल एन्ड्रोइट र आईओएसगरी दुबै भर्सनमा मोबाइलमा डाउनलोड गर्न सकिनेछ । यसैगरी, वेभसाईटमार्फत www.jioflight.com मा गएर सो कम्पनीको सम्पूर्ण सेवा सुविधा लिन सकिने छ ।
अहिलेको प्रबिधिको युगमा उपभोक्तालाई एउटै प्लेटर्फमबाट हवाई टिकटदेखि विभिन्न खालमा भ्रमण प्याकेजहरु उपलब्ध गराउने उद्देश्यले जिओ फ्लाईट सञ्चालनमा ल्याइएको जिओ फ्लाईटका प्रबन्ध निर्देशक रमेश पौडेलले जानकारी दिए ।
‘अहिले धेरैजसो प्लेटफर्मबाट हवाई टिकट मात्रै लिन सकिने छ भने सो विषयमा थप जानकारी लिन सम्बन्धित कम्पनीका सम्पर्क व्यक्तिलाई सोधिरहनुपर्ने अवस्था छ,’ पौडेलले भने, ‘तर हामीले सञ्चालनमा ल्याएको सो प्लेटफर्मबाट सबै विषय एपबाटै बुझ्न सकिने छ । जसले अप्रेटर र उपभोक्ताबीचको ग्याप हटाउनेछ ।’
साथै जिओ फ्लाईटबाट हवाई टिकट खरिदगर्दा अन्य प्लेटर्फमबाट भन्दा सस्तो हुने समेत उनले जनकारी दिए ।

आन्तरिक तथा बाह्य दुबै खालका हवाई टिकट खरिद गर्न सकिने सो प्लेटफर्ममार्फत धार्मिक एवं व्यवसायीक भ्रमणको प्याकेट समेत उपलब्ध गराईनेछ । अनलाईनमार्फत जुनसुकै स्थानबाट समेत हवाई टिकट खरिद गर्नुका साथै भ्रमण प्याकेज लिन सकिने सो प्लेटर्फममार्फत नयाँ व्यवसाय सुरुवात तथा सो सम्बन्धी व्यवस्थापनको समेत जानकारी लिन सकिने कम्पनीले जनाएको छ ।
जिओ फ्लाईटको सुरुवातसँगै नेपालको पर्यटन क्षेत्रलाई थप नयाँ उचाईमा पुर्याउन मद्दत गर्ने छ । आधुनिक प्रविधि सहित सञ्चालनमा आएको सो प्लेटफममार्फत नेपालको पर्यटन क्षेत्रमा हाल देखिएको ग्यापकलाई समेत हटाउने सो कम्पनीको विश्वास रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।