logo

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको २८औं वार्षिक साधारण सभा सम्पन्न

    458   पटक पढिएको


२९ वैशाख/अर्थ र व्यापार – सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) कोे २८औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सो साधारणसभा आइतबार अध्यक्ष मनोहर दास मुलको सभापतित्वमा काठमाडौंमा सम्पन्न भएको हो ।
साधारण सभामा कम्पनीका अध्यक्ष मनोहर दास मुलले सगरमाथा लुम्बिनी इन्स्योरेन्सको व्यवसाय लगायतका अन्य कामकारवाहीहरुको बारेमा सेयरधनीहरुलाई विस्तृत रुपमा जानकारी गराए ।
कम्पनीले यस आ.व. २०८०/८१ मा ४.७९ अर्ब बीमाशुल्क आर्जन गर्न सफल भएको छ जुन गत आ.व. २०७९/८० वर्षको तुलनामा ४ प्रतिशतले वृद्धि हो । साथै गत आ.व. को तुलनामा खुद ३१ प्रतिशत बढी मुनाफा आर्जन गर्न सफल भएको छ । त्यसैगरी, गत आर्थिक वर्षको दाबी भुक्तानी २.३८ अर्बको तुलनामा यस आर्थिक वर्षमा २.८३ अर्ब को दाबी भुक्तानी गरेको छ ।
सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, सगरमाथा लुम्बिनी इन्स्योरेन्सको आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण पारित गर्ने, आव २०८१/८२ को लागि लेखापरीक्षकको नियुक्ति, सञ्चालक समितिले सिफारिस गरे बमोजिम सेयरधनीहरुलाई १५ प्रतिशत नगद लाभांश वितरण गर्ने, सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम सञ्चालक समितिको बैठक भत्ता वृद्धि लगायत सामाजिक उत्तरदायित्व अन्तर्गत भुक्तानी गरिएको रकम अनुमोदन गर्ने प्रस्तावहरु पारित गर्ने निर्णय गरेको छ । सभामा १७ जना सेयरधनीहरुले आ–आफनो धारणा राखेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।