logo

युनिभर्सल पावर कम्पनीद्वारा प्राथमिक शेयर बिक्रिको समय फागुन २६ गते सम्म थप 

    1637   पटक पढिएको

२ फागुन /अर्थ र व्यापार - युनिभर्सल पावर कम्पनीले निष्कासन गरेको प्राथमिक शेयर बिक्रिको समय थप गरेको छ । तोकिएको समयमा बिक्री नभएपछि कम्पनीले आवेदन दिने समय थप हो । गत शुक्रबारदेखि निष्काशन गरिएको  प्राथमिक शेयर माघ २९ सम्म बिक्री नभएपछि फागुन २६ गते सम्म आवेदन दिने म्याद थप गरिएको हो । बिहिबार सम्मको आबेदन अनुसार करिब चार लाख कित्ता शेयर बिक्री हुँन बाँकी छ ।

पछिल्लो अवधिमा  ८२ करोड रुपैयाँ बराबरको आवेदन परेको छ।बिहिबार सम्म ९४ हजार ५५८ आवेदकबाट ८२ लाख ८५ हजार ५४० कित्ताको लागि आवेदन परेको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ।कम्पनीले गत शुक्रबारदेखि ९३ लाख २७ हजार ४१० कित्ता प्राथमिक शेयर खुल्ला गरेको थियो । 

कम्पनीले कर्मचारी र सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको ८६ लाख ७४ हजार ४९२ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको छ।जसमा स्थानीयले खरिद नगरेको १७ लाख ६६ हजार १५० कित्ता शेयरसमेत समावेश छ । कम्पनीले स्थानीय आयोजना प्रभावित क्षेत्र दोलखा जिल्लावासीका लागि २१ लाख कित्ता शेयर निष्काशन गरेको थियो ।

सर्वसाधारणले न्यूनतम ५० कित्तादेखि अधिकतम ५० लाख कित्तासम्म आवेदन दिन सक्छन् । कम्पनीले पहिलो चरणमा सबै शेयर बिक्रि नभएपछि दोस्रो फागुन २६ गते सम्म आवेदन खुला गर्ने जनाएको छ । तोकिएको मिति अगाबै शेयर बिक्री भए आवेदन बन्द हुने बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।