logo

युनिभर्सल पावर कम्पनीको ९३ लाख २७ हजार ४१० कित्ता साधरण शेयर आज देखि खुल्ला 

    1603   पटक पढिएको

२५ माघ /अर्थ र व्यापार  - युनिभर्सल पावर कम्पनीले ९३ करोड २७ लाख ४१ हजार रुपैयाँ बराबरको साधारण शेयर (आईपिओ) खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयबाट अवितरित १७ लाख ६६ हजार १५० कित्ता सहित कूल ९३ लाख २७ हजार ४१० कित्ता आइपिओ माघ २५ गतेदेखि निष्काशन गरेको हो ।

कूल निष्काशित शेयरमध्ये एक लाख ८६ हजार ५४८ कित्ता शेयर कर्मचारीहरुलाई र ४ लाख ६६ हजार ३७० कित्ता शेयर सामुहिक लगानी कोषलाई छुट्याइएको छ । बाँकी ८६ लाख ७४ हजार ४९२ कित्ता शेयरमा सर्वसाधारणले मेरो शेयर तथा धितोपत्र बोर्डबाट आश्वा अनुमति सदस्यता लिएको सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट सि आश्वा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।

सिद्धार्थ क्यापिटल निष्काशन तथा बिक्री प्रबन्धक रहेको युनिभर्सलको आईपिओमा लगानीकर्ताले न्यूनतम पाँच हजार रुपैयाँ (५० कित्ता) देखि अधिकतम ५० करोड (५० लाख) रुपैयाँसम्म माग गर्न सक्नेछन् । आइपिओमा आवेदन दिने म्याद छिटोमा माघ २९ गतेसम्म र सो समयमा सबै शेयर नबिकेमा ढिलोमा फागुन २६ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले निष्काशन गर्ने साधारण शेयरलाई रेटिङ्ग कम्पनी इक्रा नेपालले इक्रा एनएपि आईपिओ ग्रेड ४ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय अवस्था औसतभन्दा कमजोर रहेको जनाउँछ ।

दोलखामा ११ मेगावाट क्षमताको तल्लो खारेखोला आयोजना निर्माण गरिरहेको युनिभर्सल पावर कम्पनीमा ८८ प्रतिशत सीईडीबी हाइड्रो फण्ड लिमिटेडको शेयर स्वामित्व छ । आयोजना बनाउन प्रतिमेगावाट १८ करोड ६० लाख रुपैयाँका दरले २ अर्ब ४ करोड ६० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । यसको विद्युत उत्पादन अनुमतिको बाँकी अवधि २९ वर्ष रहेको छ ।

हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब १३ करोड ४१ लाख ८९ हजार रुपैयाँ र जारी पूँजी दुई अर्ब १० करोड तीन लाख ५० हजार रूपैयाँ छ । कम्पनीले आगामी आर्थिक वर्षमा १९ करोड ५३ लाख र आव २०७७।७८ मा २१ करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाउने प्रक्षेपण गरेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।