logo

युनिभर्सल पावर कम्पनीको साधारण शेयरमा ८२ करोड रुपैयाँ बराबरको आवेदन 

    1356   पटक पढिएको

२ फागुन /अर्थ र व्यापार - युनिभर्सल पावर कम्पनीको साधारण शेयरमा फागुन १ गते बुधबारसम्म साढे ८२ करोड रुपैयाँ बराबरको आवेदन परेको छ । कम्पनीले माघ २५ गतेदेखि ८६ करोड ७४ लाख रुपैयाँको आईपिओ निष्काशन गरेको थियो । हाईड्रोपावरको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार बुधबारसम्ममा साढे ८२ करोडरुपैयाँ बराबरको आवेदन परेको छ । करिब ९३ हजार ३०० जना आवेदकबाट सो बराबरको शेयर माग भएको हो । 

कम्पनीको शेयर अब ४ करोड रुपैयाँ बराबरको बिक्री हुन बाँकी रहेको छ । बिहीबार सो शेयर बिक्री भएको खण्डमा बिक्री प्रबन्धकले शुक्रबार सार्वजनिक सूचना गरेर शेयर निष्काशन बन्द गर्नेछ । इच्छुक लगानीकर्ताले कम्पनीको आईपिओमा न्यूनतम ५० देखि अधिकतम ५० लाख कित्तासम्म मेरो शेयर तथा धितोपत्र बोर्डबाट आश्वा अनुमति सदस्यता लिएको सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट सिआश्वा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् । युनिभर्सलको आइपीओलाई इक्रा नेपालले ‘ग्रेड ४’ रेटिङ्ग दिएको छ ।

युनिभर्सल पावरले माघ २५ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरुबाट अवितरित १७ लाख ६६ हजार १५० कित्ता समेत कूल ९३ लाख २७ हजार ४१० कित्ता आईपिओ सर्वसाधारणमा बिक्रीमा ल्याएको थियो । जसमध्ये एक लाख ८६ हजार ५४८ कित्ता शेयर कर्मचारीहरुलाई र ४ लाख ६६ हजार ३७० कित्ता सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको ८६ लाख ७४ हजार ४९२ कित्ता आइपिओ सर्वसाधारणमा बिक्रीमा ल्याएको थियो ।
दोलखामा ११ मेगावाट क्षमताको तल्लो खारेखोला आयोजना निर्माण गरिरहेको कम्पनीको ८० प्रतिशत बढी निमार्ण कार्य सम्पन्न भईसकेको छ ।

कम्पनीमा ८८ प्रतिशत सीईडीबी हाइड्रो फण्ड लिमिटेडको शेयर स्वामित्व छ । आयोजना बनाउन प्रतिमेगावाट १८ करोड ६० लाख रुपैयाँका दरले २ अर्ब ४ करोड ६० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । यसको विद्युत उत्पादन अनुमतिको बाँकी अवधि २९ वर्ष रहेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।