logo

युनिभर्सल पावर कम्पनीको बजार मूल्यमा गिरावट 

    1269   पटक पढिएको

२४ चैत्र /अर्थ र व्यापार - युनिभर्सल पावर कम्पनीको बजार मूल्य आधार मूल्यभन्दा तल झरेको छ । दोस्रो बजारमा पहिलो कारोबार २७० रुपैयाँमा भएको थियो । घट्दो क्रममा सर्किट लाग्ने क्रममा ११औं कारोबार दिनमा ९८ रुपैयाँमा झरेको छ । 
नेपाल स्टक एक्सचेन्जले कम्पनीको पहिलो कारोबारका लागि १०१.११ रुपैयाँदेखि ३०३.३३ रुपैयाँको रेन्ज तोकेको थियो । रेन्ज तोकेसँगै चैत्र १३ गते नेप्सेमा पहिलो कारोबार २७० रुपैयाँमा भयो । पहिलो कारोबार २७० रुपैयाँबाट झर्ने क्रममा आज ९८ रुपैयाँमा झरेको हो । 

पछिल्लो समय हाइड्रोपावरको कम्पनीलाई लगानीकर्ताको विश्वास गर्न नसक्दा बजार मूल्य धेरै नै घटिरहेको छ । केही वाठा लगानीकर्ताले सुरुको कारोबार अधिकतम रेन्जमा गरिदिने परिपाटीले गर्दा यस्ता कम्पनीमा लगातार सर्किट लाग्ने अवस्था आएको बजार विश्लेषक सुरज अधिकारी बताउँछन् ।  पहिलो कारोबार अधिकतम मूल्यबाट सुरु भएपछि स्वभाविक रुपमा नै घट्दो क्रममा सर्किट लाग्ने उनले बताए । नेप्सेले तोकिदिएको तल्लो रेन्जबाट कारोबार सुरु भएको भए कम्पनीको भ्यालु अनुसार बढ्ने अवस्था हुने विश्लेषकहरु बताउँछन् । कम्पनीको वित्तीय अवस्था र लगानीकर्ताको मानसिकता कमजोर हुँदा यस्ता कम्पनीको मूल्य अस्वभाविक रुपमा तल झर्ने उनीहरुको तर्क छ ।

पछिल्लो समय शेयर निष्काशन गरेका हाइड्रोपावरको आइपिओ अधिकतम रेन्जबाट कारोबार सुरु हुने र विस्तारै घट्दै जाने गरेको छ । अपर तामाकोशी, शिवम् सिमेन्टको कारोबारमा पनि यस्तै देखियो ।अपर तामाकोशीको हकमा अधिकतम रेन्जभन्दा १०७ रुपैयाँले बजार बढ्यो । पछि घट्ने क्रममा अधिकतम रेन्ज २२४ रुपैयाँ भन्दा तल झर्यो । शिवम् सिमेन्टको शेयर पनि अधिकतम रेन्ज ४८४.८० रुपैयाँ तोकियो । पहिलो कारोबार ४६४ रुपैयाँमा भयो। तर कारोबार सुरु भएको दिन देखिनै घट्न थालेको थियो । 

नेप्सेले न्युनतम र अधिकतम कारोबारको रेन्जको ग्याप धेरै तोक्दा बजारमा चलखेल गर्ने स्पेस बनेको बजार विश्लेषकहरु बताउछन् । कम्पनीले दोलखा जिल्लामा ११ मेगावाट क्षमताको तल्लो खहरेखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । कम्पनीको प्रतिमेगावाट लागत १८ करोड ६० लाख रुपैयाँ रहेको छ भने लगानी फिर्ता हुने न्युनतम अवधि ८ वर्ष लाग्नेछ ।
कम्पनीको चुक्ता पूँजी दुई अर्ब १० करोड रुपैयाँ रहेको छ । आयोजनाको जम्मा लागत दुई अर्ब ४ करोड रुपैयाँ रहेको छ । आयोजनाको लागत भन्दा शेयर पूँजी धेरै उठाएको देखिन्छ । आयोजना यसै वर्ष सम्पन्न हुने कम्पनीले जनाएको छ ।  आयोजनाको लागत भन्दा पूँजी धेरै उठाएकोको कम्पनीलाई लगानीर्ताहरुले विश्वास नगर्दा बजार बजार मूल्य लगातार घटेको हो ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।