logo

युनिभर्सल पावर कम्पनीको बजार मूल्यमा गिरावट 

    1620   पटक पढिएको

२४ चैत्र /अर्थ र व्यापार - युनिभर्सल पावर कम्पनीको बजार मूल्य आधार मूल्यभन्दा तल झरेको छ । दोस्रो बजारमा पहिलो कारोबार २७० रुपैयाँमा भएको थियो । घट्दो क्रममा सर्किट लाग्ने क्रममा ११औं कारोबार दिनमा ९८ रुपैयाँमा झरेको छ । 
नेपाल स्टक एक्सचेन्जले कम्पनीको पहिलो कारोबारका लागि १०१.११ रुपैयाँदेखि ३०३.३३ रुपैयाँको रेन्ज तोकेको थियो । रेन्ज तोकेसँगै चैत्र १३ गते नेप्सेमा पहिलो कारोबार २७० रुपैयाँमा भयो । पहिलो कारोबार २७० रुपैयाँबाट झर्ने क्रममा आज ९८ रुपैयाँमा झरेको हो । 

पछिल्लो समय हाइड्रोपावरको कम्पनीलाई लगानीकर्ताको विश्वास गर्न नसक्दा बजार मूल्य धेरै नै घटिरहेको छ । केही वाठा लगानीकर्ताले सुरुको कारोबार अधिकतम रेन्जमा गरिदिने परिपाटीले गर्दा यस्ता कम्पनीमा लगातार सर्किट लाग्ने अवस्था आएको बजार विश्लेषक सुरज अधिकारी बताउँछन् ।  पहिलो कारोबार अधिकतम मूल्यबाट सुरु भएपछि स्वभाविक रुपमा नै घट्दो क्रममा सर्किट लाग्ने उनले बताए । नेप्सेले तोकिदिएको तल्लो रेन्जबाट कारोबार सुरु भएको भए कम्पनीको भ्यालु अनुसार बढ्ने अवस्था हुने विश्लेषकहरु बताउँछन् । कम्पनीको वित्तीय अवस्था र लगानीकर्ताको मानसिकता कमजोर हुँदा यस्ता कम्पनीको मूल्य अस्वभाविक रुपमा तल झर्ने उनीहरुको तर्क छ ।

पछिल्लो समय शेयर निष्काशन गरेका हाइड्रोपावरको आइपिओ अधिकतम रेन्जबाट कारोबार सुरु हुने र विस्तारै घट्दै जाने गरेको छ । अपर तामाकोशी, शिवम् सिमेन्टको कारोबारमा पनि यस्तै देखियो ।अपर तामाकोशीको हकमा अधिकतम रेन्जभन्दा १०७ रुपैयाँले बजार बढ्यो । पछि घट्ने क्रममा अधिकतम रेन्ज २२४ रुपैयाँ भन्दा तल झर्यो । शिवम् सिमेन्टको शेयर पनि अधिकतम रेन्ज ४८४.८० रुपैयाँ तोकियो । पहिलो कारोबार ४६४ रुपैयाँमा भयो। तर कारोबार सुरु भएको दिन देखिनै घट्न थालेको थियो । 

नेप्सेले न्युनतम र अधिकतम कारोबारको रेन्जको ग्याप धेरै तोक्दा बजारमा चलखेल गर्ने स्पेस बनेको बजार विश्लेषकहरु बताउछन् । कम्पनीले दोलखा जिल्लामा ११ मेगावाट क्षमताको तल्लो खहरेखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । कम्पनीको प्रतिमेगावाट लागत १८ करोड ६० लाख रुपैयाँ रहेको छ भने लगानी फिर्ता हुने न्युनतम अवधि ८ वर्ष लाग्नेछ ।
कम्पनीको चुक्ता पूँजी दुई अर्ब १० करोड रुपैयाँ रहेको छ । आयोजनाको जम्मा लागत दुई अर्ब ४ करोड रुपैयाँ रहेको छ । आयोजनाको लागत भन्दा शेयर पूँजी धेरै उठाएको देखिन्छ । आयोजना यसै वर्ष सम्पन्न हुने कम्पनीले जनाएको छ ।  आयोजनाको लागत भन्दा पूँजी धेरै उठाएकोको कम्पनीलाई लगानीर्ताहरुले विश्वास नगर्दा बजार बजार मूल्य लगातार घटेको हो ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।