logo

युनिभर्सल पावर कम्पनीद्वारा साधारण शेयर बाँडफाँड आज गरिदैं

    1402   पटक पढिएको

१५ फागुन /अर्थ र व्यापार - युनिभर्सल पावर कम्पनीद्वारा निष्काशन गरिएको साधारण शेयर बाँडफाँडको तयारी गरिएको छ ।  शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले फागनु १५ गते बुधबार (आज) १० बजे बाँडफाँड गर्न लागेको जनाएको छ । युनिभर्सल पावरको आईपिओमा आवेदनमा प्राप्त तथ्याङ्क अनुसार आईपिओमा धेरै आवेदकले माग अनुसार नै शेयर प्राप्त गर्ने अवस्था छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार हाइड्रोपावरको आईपिओमा एक लाख ५ हजार १५९ वटा आवेदनबाट ९२ लाख ४५ हजार २९० कित्ता शेयर माग भएको छ । युनिभर्सल पावरले माघ २५ गतेदेखि फागुन ८ गतेसम्म ८६ करोड ७४ लाख ४९ हजार २०० रुपैयाँ बराबरको ८६ लाख ७४ हजार ४९२ कित्ता आईपिओ सर्वसाधारणमा बिक्रीमा ल्याएको थियो ।

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्दे्शिका अनुसार हरेक आवेदकलाई निष्काशित शेयर पुगेसम्म १० कित्ताका दरले शेयर बाँडफाँड गर्दै जानुपर्ने हुन्छ । यसअनुसार एक लाख ५ हजार १५९ जना आवेदकलाई औसतमा न्यूनतम ८८ कित्ता बाँडफाँड गर्न पुग्ने देखिन्छ । आईपिओको धेरै आवेदकले ५० कित्ता मात्र शेयर माग गरेका छन् । यसअनुसार एक सय कित्तासम्म शेयर माग गर्नेले माग अनुसार नै र एक सय कित्ता भन्दा बढी माग गर्नेलाइ बाँकी शेयरबाट थप शेयर पाउनेछन् । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाहरुलाई जारी गरेको २१ लाख ३५० कित्ता शेयरमध्ये अवितरित १७ लाख ६६ हजार १५० कित्ता समेत कूल ९३ लाख २७ हजार ४१० कित्ता आईपिओ सर्वसाधारणमा बिक्रीमा ल्याएको थियो । जसमध्ये एक लाख ८६ हजार ५४८ कित्ता शेयर कर्मचारीहरुलाई र ४ लाख ६६ हजार ३७० कित्ता सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी शेयर सर्वसाधारणमा बिक्री खुला गरिएको थियो ।

इक्रा नेपालले ‘ग्रेड ४’ रेटिङ्ग पाएको आईपिओमा न्यूनतम ५० देखि अधिकतम ५० लाख कित्तासम्म आवेदन गर्ने व्यवस्था थियो । दोलखामा ११ मेगावाट क्षमताको तल्लो खारेखोला आयोजना निर्माण गरिरहेको कम्पनीको ८० प्रतिशत बढी निमार्ण कार्य सम्पन्न भईसकेको छ ।आयोजना बनाउन प्रतिमेगावाट १८ करोड ६० लाख रुपैयाँका दरले २ अर्ब ४ करोड ६० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । यसको विद्युत उत्पादन अनुमतिको बाँकी अवधि २९ वर्ष रहेको छ । हाल एक अर्ब १३ करोड ४१ लाख ८९ हजार रुपैयाँ कम्पनीको चुक्ता पूँजी रहेको कम्पनीको आईपिओ बिक्री प्रश्चात दुई अर्ब १० करोड तीन लाख ५० हजार रूपैयाँ पुग्नेछ । यससँगै संस्थापक साधारण शेयर अनुपात ५४र४६ कायम हुनेछ ।
कम्पनीको आगामी आर्थिक वर्ष २०७६र७७ मा १९ करोड ५३ लाख र आव २०७७र७८ मा २१ करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाउने प्रक्षेपण छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।