logo

युनिभर्सल पावर कम्पनीद्वारा साधारण शेयर बाँडफाँड आज गरिदैं

    1074   पटक पढिएको

१५ फागुन /अर्थ र व्यापार - युनिभर्सल पावर कम्पनीद्वारा निष्काशन गरिएको साधारण शेयर बाँडफाँडको तयारी गरिएको छ ।  शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले फागनु १५ गते बुधबार (आज) १० बजे बाँडफाँड गर्न लागेको जनाएको छ । युनिभर्सल पावरको आईपिओमा आवेदनमा प्राप्त तथ्याङ्क अनुसार आईपिओमा धेरै आवेदकले माग अनुसार नै शेयर प्राप्त गर्ने अवस्था छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार हाइड्रोपावरको आईपिओमा एक लाख ५ हजार १५९ वटा आवेदनबाट ९२ लाख ४५ हजार २९० कित्ता शेयर माग भएको छ । युनिभर्सल पावरले माघ २५ गतेदेखि फागुन ८ गतेसम्म ८६ करोड ७४ लाख ४९ हजार २०० रुपैयाँ बराबरको ८६ लाख ७४ हजार ४९२ कित्ता आईपिओ सर्वसाधारणमा बिक्रीमा ल्याएको थियो ।

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्दे्शिका अनुसार हरेक आवेदकलाई निष्काशित शेयर पुगेसम्म १० कित्ताका दरले शेयर बाँडफाँड गर्दै जानुपर्ने हुन्छ । यसअनुसार एक लाख ५ हजार १५९ जना आवेदकलाई औसतमा न्यूनतम ८८ कित्ता बाँडफाँड गर्न पुग्ने देखिन्छ । आईपिओको धेरै आवेदकले ५० कित्ता मात्र शेयर माग गरेका छन् । यसअनुसार एक सय कित्तासम्म शेयर माग गर्नेले माग अनुसार नै र एक सय कित्ता भन्दा बढी माग गर्नेलाइ बाँकी शेयरबाट थप शेयर पाउनेछन् । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाहरुलाई जारी गरेको २१ लाख ३५० कित्ता शेयरमध्ये अवितरित १७ लाख ६६ हजार १५० कित्ता समेत कूल ९३ लाख २७ हजार ४१० कित्ता आईपिओ सर्वसाधारणमा बिक्रीमा ल्याएको थियो । जसमध्ये एक लाख ८६ हजार ५४८ कित्ता शेयर कर्मचारीहरुलाई र ४ लाख ६६ हजार ३७० कित्ता सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी शेयर सर्वसाधारणमा बिक्री खुला गरिएको थियो ।

इक्रा नेपालले ‘ग्रेड ४’ रेटिङ्ग पाएको आईपिओमा न्यूनतम ५० देखि अधिकतम ५० लाख कित्तासम्म आवेदन गर्ने व्यवस्था थियो । दोलखामा ११ मेगावाट क्षमताको तल्लो खारेखोला आयोजना निर्माण गरिरहेको कम्पनीको ८० प्रतिशत बढी निमार्ण कार्य सम्पन्न भईसकेको छ ।आयोजना बनाउन प्रतिमेगावाट १८ करोड ६० लाख रुपैयाँका दरले २ अर्ब ४ करोड ६० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । यसको विद्युत उत्पादन अनुमतिको बाँकी अवधि २९ वर्ष रहेको छ । हाल एक अर्ब १३ करोड ४१ लाख ८९ हजार रुपैयाँ कम्पनीको चुक्ता पूँजी रहेको कम्पनीको आईपिओ बिक्री प्रश्चात दुई अर्ब १० करोड तीन लाख ५० हजार रूपैयाँ पुग्नेछ । यससँगै संस्थापक साधारण शेयर अनुपात ५४र४६ कायम हुनेछ ।
कम्पनीको आगामी आर्थिक वर्ष २०७६र७७ मा १९ करोड ५३ लाख र आव २०७७र७८ मा २१ करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाउने प्रक्षेपण छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।