logo

नेपाल धितोपत्र बोर्डद्वारा युनाइटेड इन्स्योरेन्सलाई हकप्रद शेयर निष्काशन गर्ने अनुमति प्रदान 

    1158   पटक पढिएको

९ असार / अर्थ र व्यापार - युनाइटेड इन्स्योरेन्सले चुक्ता पूँजीको २४० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई ७२ लाख ५७ हजार ६०० कित्ता हकप्रद शेयर निष्काशन गर्ने अनुमति दिएको हो ।

कम्पनीको हालको चुक्ता पूँजी ३० करोड २४ लाख रुपैयाँ रहेको छ । हकप्रद शेयर निष्काशनपछि कम्पनीको चुक्ता पूँजी एक अर्ब दुई करोड रुपैयाँ पुग्ने छ । बीमा समितिले निर्देशन गरेको एक अर्ब रुपैयाँ पुँजी जुटाउन कम्पनीले एकै पटक २४० प्रतिशत हकप्रद निष्काशन गर्ने भएको हो । कम्पनीले चार वर्ष अगाडी १५० प्रतिशत हकप्रद शेयर निष्काशन गरेको थियो। समितिले दुई वर्षअघि एक अर्ब रुपैयाँ जुटाउन निर्देशन दिएको थियो । पूँजी जुटाउने म्याद एक वर्ष वितिसक्दा पनि पूँजी नजुटाएको कम्पनीले आफ्ना शेयरधनीहरुलाई एकै पटक हकप्रदको भार बोकाएर पूँजी जुटाउने भएको हो ।

एक वर्ष अघिसम्म जगेडा कोष ऋणात्मक रहदै आएकोमा हाल धनात्मक छ । बल्ल जगेडा धनात्मक हुन थालेको कम्पनीले आगामी वर्षदेखि मात्रै लाभांस दिन सक्ने छ । हकप्रद शेयर निष्काशनका लागि गरेको क्रेडिट रेटिङमा ‘केयर एनपि आइपिओ ग्रेड चार’ पाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।