logo

यूनाइटेड सिमेन्ट्सद्वारा विद्यालयलाई शैक्षिक सामाग्री वितरण

    1662   पटक पढिएको

२३ बैशाख /अर्थ र व्यापार-  यूनाइटेड सिमेन्ट्स प्रालिले ललितपुरको लेलेस्थित श्री सरस्वती माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा नर्सरीदेखि कक्षा १० सम्मका सम्पूर्ण विद्यार्थीलाई कापी, कलम, स्कूल ब्याग लगायतको शैक्षिक सामाग्रीहरु वितरण गरेको छ । हरेक बालबालिकाले व्यवस्थित रुपमा शिक्षा प्राप्त गर्नु उनीहरुको अधिकारको विषय हो । यो किसिमको सामाजिक सहयोगले उनीहरुको शैक्षिकस्तरमा टेवा पु¥याउने यूनाइटेड सिमेन्टको विश्वास छ ।

२०७६ बैशाख २० गतेका दिन गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जनको प्रमुख आतिथ्यमा गोदावरी नगरपालिका वडा नं. ५ का अध्यक्ष मिलन सिलवाल, महानगरिय प्रहरी प्रभाग चापागाउँका प्रमुख राजकुमार खिउजु, यूनाइटेड सिमेन्ट्स प्रालिका प्रमुख कार्यकारी अधिकृत माधवराज तिमिल्सिना, प्रबन्धक हरी कुमार उप्रेती तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुस्कल महत लगायतका स्थानीय अभिभावकको उपस्थितिमा सो विद्यालयका सम्पूर्ण विद्यार्थीलाई शैक्षिक सामाग्री हस्तान्तरण गरिएको छ ।

यूनाइटेड सिमेन्ट्सको यो सहयोग अति स्वागत योग्य रहेको विद्यालय प्रशासनले जनाएको छ । समाजमा रहेर उद्योग धन्दा सञ्चालन गरेपछि यहि समाजको हितका लागि विभिन्न कार्य गर्नै पर्दछ भन्ने अवधारणा बोकेर अघि बढेको यूनाइटेड सिमेन्ट्सले विगतमा पनि यस्ता सामाजिक कार्य गर्दै आएको र आगामी दिनमा पनि अझ भव्यताका साथ आयोजना गर्ने लक्ष्य रहेको उद्योगका खानी प्रबन्धक हरी कुमार उप्रेतीले बताए ।

अघिल्लो महिनामा मात्रै यूनाइटेड सिमेन्ट्सले धुनिवेशी नगरपालिकामा निःशुल्क स्वास्थ शिविर आयाृजना गरेको थियो । त्यसैले शिक्षा, स्वास्थ, खानेपानी जस्ता आधारभूत कुराहरुमा कुनै पनि सम्झौता नगरि यूनाइटेडले आगामी दिनमा पनि यस्ता सामाजिक कार्यको निरन्तरता दिइरहने प्रतिबद्घता व्यक्त गरेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।