logo

युनियन हाइड्रोपावरद्वारा चैत्र १३ गते देखि साधारण शेयर निष्कासन गरिने

    1400   पटक पढिएको

४ चैत्र /अर्थ र व्यापार - युनियन हाइड्रोपावर कम्पनी लिमिटेडको चैत १३ देखि साधारण शेयर (आईपिओ) जारी हुने भएको छ । कम्पनीले लक्ष्मी क्यापिटल मार्फत आयोजना प्रभावित क्षेत्रका बासिन्दाबाट अवितरित समेत कूल ३५ लाख ३४ हजार ३४० कित्ता शेयर निष्काशन गर्न लागेको हो ।
कूल निष्काशित आईपिओमध्ये ७० हजार ६८६ कित्ता हाइड्रोपावरका कर्मचारीहरुलाई सुरक्षित गरिएको छ । सामूहिक लगानी कोषहरुले खरिद नगरेपश्चात बाँकी ३४ लाख ६३ हजार ६५४ कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

यस आईपिओ छिटोमा चैत १७ गते बन्द हुनेछ भने आवश्यक आवेदन नपरेको खण्डमा बैशाख १२ गतसम्म खुला रहनेछ । इच्छुकले लगानीकर्ताले मेरो शेयर सफुटवेयर तथा धितोपत्र बोर्डबाट आश्वा अनुमति पाएका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट ७७ जिल्लाबाटै आवेदन गर्न सकिनेछ । आईपिओमा न्यूनतम ५० देखि अधिकतम ३५ हजार कित्तासम्म आवेदन दिनसक्ने व्यवस्था छ ।

कम्पनीले सर्वसाधारणमा २९ लाख १२ हजार ५५० कित्ता शेयर निष्काशन गरेकोमा गत साउन १४ गतेदेखि आयोजना प्रभावितका लागि निष्काशन गरेको ७ लाख ५० हजार कित्तामध्ये ६ लाख २१ हजार ७९० कित्ता बिक्री नभएपश्चात सो शेयर समेत सर्वसाधारणमा थपिएको हो । इक्रा नेपालले कम्पनीको आईपिओलाई ‘इक्रा एनपी आईपिओ ग्रेड ५’ रेटिङ्ग प्रदान गरेको छ । ग्रेड फाइभ रेटिङ्गले कम्पनीको वित्तीय अवस्था कमजोर आधार रहेको बुझाउँछ ।

धितोपत्र बोर्डले सबैभन्दा खराब ५ ग्रेड पाउने कम्पनीलाई आईपिओ निश्कासनमा रोक लगाउने नयाँ व्यवस्था गरे यसअघि नै कम्पनीले स्थानीय बासिन्दालाई आईपिओ जारी गरिसकेकाले यस कम्पनीले आईपिओ जारी गर्ने अनुमति पाएको हो । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।