logo

युनियन हाइड्रोपावरद्वारा निष्कासन गरेको आइपिओमा बैशाख १२ गतेसम्म आवदेन खुल्ला

    1176   पटक पढिएको

१७ चैत्र /अर्थ र व्यापार - युनियन हाइड्रोपावर कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरेको प्राथमिक शेयर (आइपिओ) मा माग गरिए बराबरको आवदेन नपरेपछि म्याद थप गरिएको छ । कम्पनीले पहिलो चरणमा आजसम्म निष्कासन गरेकोमा जम्मा ४७ प्रतिशतको लागि मात्रै आवदेन परेपछि ढिलोको अवधि बैशाख १२ गतेसम्म खुला राख्ने धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धक लक्ष्मी क्यापिटलले जनाएको छ ।

यदि बैशाख १२ गते भन्दा अगाडि नै माग भन्दाबढी आवदेन परेमा कम्पनीले सूचना प्रकाशित गरेर बिक्री बन्द गर्न सक्ने छ । कम्पनीले सर्वसाधारणको लागि ३५ लाख ३४ हजार कित्ता प्राथमिक शेयर निष्कासन गरेकोमा दुई प्रतिशत अर्थात ७० हजार ६६८ कित्ता कर्मचारीको लागि सुरक्षित गरेको छ । साथै बाँकी ३४ लाख ६३ हजार कित्ता सर्वसाधारणको लागि निष्कासन गरेको छ ।

शुक्रबारसम्ममा २० हजार आवेदकबाट १६ लाख ७० हजार कित्ताको लागि आवदेन परेको छ । आवेदनको लागि आस्वा सुविधा प्रदान गर्ने सम्पुर्ण बैंक तथा वित्तीय संस्थाका साथै मेरो शेयरको खाता भएकाले अनलाइनबाटै आवदेन दिन मिल्नेछ । कम्पनीले कमजोर आधार जनाउने क्रेडिट रेटिङ इक्रा एनपि आइपिओ ग्रेड ५ प्राप्त गरेको छ । कम्पनीले तीन मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ। प्रतिमेगावाट लागत २६ करोड ५० लाख रुपैयाँ रहेको छ । कम्पनीले आयोजना निर्माणको अधिकांश लगानी शेयर पूँजीबाट नै जुटाउने योजना बनाएको हो । आयोजनाको लागत ७९ करोड रुपैयाँ रहेको छ भने शेयर पूँजी ७५ करोड रुपैयाँ जुटाउने छ । यसले गर्दा कम्पनीले लामो समयसम्म दीर्घकालीन ऋण तिरेर बस्नु पर्दैन ।   

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।