logo

युनियन हाइड्रोपावरद्वारा निष्कासन गरेको आइपिओमा बैशाख १२ गतेसम्म आवदेन खुल्ला

    1430   पटक पढिएको

१७ चैत्र /अर्थ र व्यापार - युनियन हाइड्रोपावर कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरेको प्राथमिक शेयर (आइपिओ) मा माग गरिए बराबरको आवदेन नपरेपछि म्याद थप गरिएको छ । कम्पनीले पहिलो चरणमा आजसम्म निष्कासन गरेकोमा जम्मा ४७ प्रतिशतको लागि मात्रै आवदेन परेपछि ढिलोको अवधि बैशाख १२ गतेसम्म खुला राख्ने धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धक लक्ष्मी क्यापिटलले जनाएको छ ।

यदि बैशाख १२ गते भन्दा अगाडि नै माग भन्दाबढी आवदेन परेमा कम्पनीले सूचना प्रकाशित गरेर बिक्री बन्द गर्न सक्ने छ । कम्पनीले सर्वसाधारणको लागि ३५ लाख ३४ हजार कित्ता प्राथमिक शेयर निष्कासन गरेकोमा दुई प्रतिशत अर्थात ७० हजार ६६८ कित्ता कर्मचारीको लागि सुरक्षित गरेको छ । साथै बाँकी ३४ लाख ६३ हजार कित्ता सर्वसाधारणको लागि निष्कासन गरेको छ ।

शुक्रबारसम्ममा २० हजार आवेदकबाट १६ लाख ७० हजार कित्ताको लागि आवदेन परेको छ । आवेदनको लागि आस्वा सुविधा प्रदान गर्ने सम्पुर्ण बैंक तथा वित्तीय संस्थाका साथै मेरो शेयरको खाता भएकाले अनलाइनबाटै आवदेन दिन मिल्नेछ । कम्पनीले कमजोर आधार जनाउने क्रेडिट रेटिङ इक्रा एनपि आइपिओ ग्रेड ५ प्राप्त गरेको छ । कम्पनीले तीन मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ। प्रतिमेगावाट लागत २६ करोड ५० लाख रुपैयाँ रहेको छ । कम्पनीले आयोजना निर्माणको अधिकांश लगानी शेयर पूँजीबाट नै जुटाउने योजना बनाएको हो । आयोजनाको लागत ७९ करोड रुपैयाँ रहेको छ भने शेयर पूँजी ७५ करोड रुपैयाँ जुटाउने छ । यसले गर्दा कम्पनीले लामो समयसम्म दीर्घकालीन ऋण तिरेर बस्नु पर्दैन ।   

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।