logo

त्रिशुली जलविद्युत कम्पनीद्वारा ३७ लाख ५ हजार कित्ता आईपिओ निष्काशन गरिने

    1386   पटक पढिएको

१ चैत्र /अर्थ र व्यापार - त्रिशुली जलविद्युत कम्पनी ‘जनताको जलविद्युत कार्यक्रम’ अन्तर्गत आईपिओ निष्काशन गर्ने पहिलो जलविद्युत कम्पनी पनि भएको छ । कम्पनीले चैत ७ गते देखि ३७ लाख ५ हजार कित्ता आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले जारी पूँजी २ अर्ब ४७ करोड रुपैयाँको १५ प्रतिशत अर्थात ३७ करोड ५ लाख रुपैयाँ बराबरको एक सय रुपैयाँ अंकित दरको ३७ लाख ५ हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो । त्यस मध्ये ३ प्रतिशत अर्थात १ लाख ११ हजार १५० कित्ता कर्मचारीको लागि छुट्ट्याएर बाँकी ३५ लाख ९३ हजार ८५० कित्ता शेयर सर्वसाधारणको लागि निष्काशनमा ल्याएको हो । 

जनताको जलविद्युत कार्यक्रम अन्र्तगत आईपिओ निष्काशन भएकाले हाललाई प्रतिशेयर १० रुपैयाँका दरले न्युनतम १०० कित्ता देखि अधिकत्तम १० हजार कित्ता सम्म आबेदन गर्न सकिनेछ । शेयर खरिद गर्न चाहनेले शेयर मूल्यको १० प्रतिशत रकम भुक्तानी गरेर आबेदन गर्न सकिने व्यवस्था छ । बाँकी ९० प्रतिशत पूँजी भने आयोजनाको ७५ प्रतिशत काम सम्पन्न भएपछि भुक्तानी गर्न सकिनेछ । इच्छुक लगानीकर्ताले कम्पनीको आईपिओ छिटोमा चैत ११ गते आबेदन गर्न सकिनेछ । त्यस अवधिमा पर्याप्त आबेदन नपरे बैंशाख ६ गते सम्म आबेदन गर्न सकिनेछ । ३७ मेगावटको यस आयोजनामा ८ अर्ब २२ करोड रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ । शेयर निष्काशन गरेको मितिबाट साधारण लगानी फिर्ता हुन ७.९५ वर्ष रहेको र डिस्काउन्टेड लगानी फिर्ता हुन ११.८२ वर्ष रहेको कम्पनीले जनाएको छ ।

कम्पनीको आईपिओमा नेपाल धितोपत्र बोर्डबाट अनुमति लिएर आश्व सेवामा सहभागि बैंक तथा वित्तीय संस्थाहरुबाट आश्व प्रणली मार्फत आबेदन गर्न सकिने व्यवस्था छ । शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोवल आइएमई क्यापिटल तोकिएको छ । यस अघिनै धितोपत्र बोर्डले जनताको जलविद्युत कार्यक्रमका लागि धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ संशोधन गरेको थियो । त्यस अनुसार अब सरकारको लगानीमा बन्ने जलविद्युत परियोजनाहरुमा सर्वसाधारणहरुबाट शेयर पूँजीको १० प्रतिशत अग्रिम संकलन गर्न सकिने व्यवस्था छ । ‘नेपालको पानी जनताको लगानी, सबै नेपाली जलविद्युत्को शेयरधनी’ कार्यक्रममा समेटिएका जलविद्युत् आयोजनाले साधारण शेयर बिक्री गर्दा क्रेडिट रेटिङ गराउनु नपर्ने निर्णय बुधबार नेपाल धितोपत्र बोर्डले गरेको थियो । त्यस्तो निर्णयले सरकारको कार्यक्रमअनुसार कार्यान्वयन आउन लागेका जनताको जलविद्युत् कार्यक्रमलाई थप सहजीकरण गर्ने बताइएको छ ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।