logo

१ हजार २५८ मेगावाट विद्युत उत्पादन हुने निर्माणाधिन ३१ आयोजनाको काम ५० देखि ९५ प्रतिशत सम्पन्न

    1508   पटक पढिएको

३० पुस/ अर्थ र व्यापार - निर्माणाधिन ३१ जलविद्युत आयोजनाको काम ५० देखि ९५ प्रतिशतसम्म सकिएको छ । यी आयोजनाबाट एक हजार २५८ मेगावाट विद्युत उत्पादन हुन्छ । यी आयोजनाबाट उत्पादित बिजुली आगामी डेढ वर्षभित्र राष्ट्रिय प्रशारण लाइनमा जोडिने विद्युत विकास विभागले जनाएको छ । चालु आर्थिक वर्ष्भित्र मात्रै नेपाल विद्युत प्राधिकरणले निर्माण गरिरहेको १४ मेगावाटको कुलेखानी र निजी क्षेत्रका आयोजना सहित १०५ मेगावाट विद्युत राष्ट्रिय प्रशाण लाइनमा जोडिने छ ।
बिन्ध्यवासिनी हाइड्रोपावरले निर्माण गरिरहेको ८.८ मेगावाटको रुडी ए जलविद्युत आयोजना निर्माणको काम सकिएको छ । परिक्षण उत्पादन गरिरहेको आयोजनाले यहि माघभित्र नियमित विद्युत उत्पादन सुरु गर्ने जनाएको छ ।

विद्युत प्राधिकरणले निर्माण गरिरहेको १४ मेगावाटको कुलेखानी तेस्रो, २५ मेगावाटको काबेली बी १, २१.६ मेगावाटको तल्लो हेवा खोला, २२.२ मेगावाटको अपर चाकु ए, ३.२ मेगावाटको गेलुन खोला र ९.९ मेगावाटको इवा खोला जलविद्युत आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । यी आयोजनाको भौतिक प्रगति ९० प्रतिशतभन्दा बढि भएकाले चालु आर्थिक वर्षभित्र १०५ मेगावाट विद्युत राष्ट्रिय प्रशारण लाइनमा जोडिने विभागको भनाई छ । अर्को वर्षभित्र उत्पादनमा आउने आयोजनामा ४५६ मेगावाटको माथिल्लो तामाकोशी, ६० मेगावाटको अपर त्रिशुली ३ ए, २० मेगावाटको तल्लो मोदी खोला, २५ मेगावाटको अपर दोर्दी ए, ६.४२ मेगावाटको अपर मैलुङ ए, ३.३ मेगावाटको कपाडीगाड, ५ मेगावाटको घट्टेखोला र ५ मेगावाटकै इखुवा खोला जलविद्युत आयोजना रहेका छन् । ७५ प्रतिशत बढी निर्माण कार्य सकिएका यी आयोजनाबाट अर्को वर्ष ५८० मेगावाट विद्युत उत्पादन भइ राष्ट्रिय प्रशारण लाइनमा जोडिने विभागले जनाएको छ ।

४० मेगावाटको खानीखोला १, २५ मेगावाटको सिंगटीखोला, १११ मेगावाटको रसुवागढी र २७ मेगावाटको दोर्दीखोलाको निर्माण ६५ प्रतिशतभन्दा बढि सकिएको छ । यी चार आयोजनाको क्षमता २०३ मेगावाट रहेको छ । ८२ मेगावाटको तल्लो सोलु, २३.५ मेगावाटको सोलु, १५.१ मेगावाटको मध्य मोदी र २.१५ मेगावाटको पराजुली खोला जलविद्युत आयोजनाको निर्माण पनि ६० प्रतिशत बढि सम्पन्न भएको छ । यी चार आयोजनाको क्षमता १२३ मेगावाट रहेको छ ।

१०२ मेगावाटको मध्य भोटेकोशी, ४२.५ मेगावाटको साञ्जेन, ४२ मेगावाटको मिस्त्री खोला, २२ मेगावाटको बागमती नाडी, १२ मेगावाटको अपर खिम्ती, १२ मेगावाटकै नामार्जुन मादी, ७ मेगावाटको खिम्ती २ र ७ मेगावटकै अपर मादी जलविद्युत आयोजनाको काम ५० प्रतिशत भन्दा बढी सम्पन्न भएको छ । आयोजना निर्माणमा कुनैपनि किसिमको बाधा अवरोध नआए अहिले ५० प्रतिशत निर्माण सम्पन्न भएका आयोजनाहरु आगामी डेढ र दुई वर्ष भित्रमा निर्माण सम्पन्न हुने र एक हजार २५८ मेगावाट विद्युत राष्ट्रिय प्रशारण लाइनमा जोडिने विभागको विश्वास छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।