logo

१ हजार २५८ मेगावाट विद्युत उत्पादन हुने निर्माणाधिन ३१ आयोजनाको काम ५० देखि ९५ प्रतिशत सम्पन्न

    1767   पटक पढिएको

३० पुस/ अर्थ र व्यापार - निर्माणाधिन ३१ जलविद्युत आयोजनाको काम ५० देखि ९५ प्रतिशतसम्म सकिएको छ । यी आयोजनाबाट एक हजार २५८ मेगावाट विद्युत उत्पादन हुन्छ । यी आयोजनाबाट उत्पादित बिजुली आगामी डेढ वर्षभित्र राष्ट्रिय प्रशारण लाइनमा जोडिने विद्युत विकास विभागले जनाएको छ । चालु आर्थिक वर्ष्भित्र मात्रै नेपाल विद्युत प्राधिकरणले निर्माण गरिरहेको १४ मेगावाटको कुलेखानी र निजी क्षेत्रका आयोजना सहित १०५ मेगावाट विद्युत राष्ट्रिय प्रशाण लाइनमा जोडिने छ ।
बिन्ध्यवासिनी हाइड्रोपावरले निर्माण गरिरहेको ८.८ मेगावाटको रुडी ए जलविद्युत आयोजना निर्माणको काम सकिएको छ । परिक्षण उत्पादन गरिरहेको आयोजनाले यहि माघभित्र नियमित विद्युत उत्पादन सुरु गर्ने जनाएको छ ।

विद्युत प्राधिकरणले निर्माण गरिरहेको १४ मेगावाटको कुलेखानी तेस्रो, २५ मेगावाटको काबेली बी १, २१.६ मेगावाटको तल्लो हेवा खोला, २२.२ मेगावाटको अपर चाकु ए, ३.२ मेगावाटको गेलुन खोला र ९.९ मेगावाटको इवा खोला जलविद्युत आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । यी आयोजनाको भौतिक प्रगति ९० प्रतिशतभन्दा बढि भएकाले चालु आर्थिक वर्षभित्र १०५ मेगावाट विद्युत राष्ट्रिय प्रशारण लाइनमा जोडिने विभागको भनाई छ । अर्को वर्षभित्र उत्पादनमा आउने आयोजनामा ४५६ मेगावाटको माथिल्लो तामाकोशी, ६० मेगावाटको अपर त्रिशुली ३ ए, २० मेगावाटको तल्लो मोदी खोला, २५ मेगावाटको अपर दोर्दी ए, ६.४२ मेगावाटको अपर मैलुङ ए, ३.३ मेगावाटको कपाडीगाड, ५ मेगावाटको घट्टेखोला र ५ मेगावाटकै इखुवा खोला जलविद्युत आयोजना रहेका छन् । ७५ प्रतिशत बढी निर्माण कार्य सकिएका यी आयोजनाबाट अर्को वर्ष ५८० मेगावाट विद्युत उत्पादन भइ राष्ट्रिय प्रशारण लाइनमा जोडिने विभागले जनाएको छ ।

४० मेगावाटको खानीखोला १, २५ मेगावाटको सिंगटीखोला, १११ मेगावाटको रसुवागढी र २७ मेगावाटको दोर्दीखोलाको निर्माण ६५ प्रतिशतभन्दा बढि सकिएको छ । यी चार आयोजनाको क्षमता २०३ मेगावाट रहेको छ । ८२ मेगावाटको तल्लो सोलु, २३.५ मेगावाटको सोलु, १५.१ मेगावाटको मध्य मोदी र २.१५ मेगावाटको पराजुली खोला जलविद्युत आयोजनाको निर्माण पनि ६० प्रतिशत बढि सम्पन्न भएको छ । यी चार आयोजनाको क्षमता १२३ मेगावाट रहेको छ ।

१०२ मेगावाटको मध्य भोटेकोशी, ४२.५ मेगावाटको साञ्जेन, ४२ मेगावाटको मिस्त्री खोला, २२ मेगावाटको बागमती नाडी, १२ मेगावाटको अपर खिम्ती, १२ मेगावाटकै नामार्जुन मादी, ७ मेगावाटको खिम्ती २ र ७ मेगावटकै अपर मादी जलविद्युत आयोजनाको काम ५० प्रतिशत भन्दा बढी सम्पन्न भएको छ । आयोजना निर्माणमा कुनैपनि किसिमको बाधा अवरोध नआए अहिले ५० प्रतिशत निर्माण सम्पन्न भएका आयोजनाहरु आगामी डेढ र दुई वर्ष भित्रमा निर्माण सम्पन्न हुने र एक हजार २५८ मेगावाट विद्युत राष्ट्रिय प्रशारण लाइनमा जोडिने विभागको विश्वास छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।