logo

आर्थिक संकट गहिरिएपछि ३४ वटा जहाज बिक्री गर्दै थाइ एयरवेज

    1956   पटक पढिएको


२८ कात्तिक/अर्थ र व्यापार– थाइ एयरवेजले आफ्ना ३४ वटा पुराना जहाजहरु बिक्रीमा राखेको छ । 

कम्पनीले आर्थिक संकट गहिरिदै गएपछि आफ्नो बोइङ, एयरबस लगायत ब्राण्डका अधिकतम २८ वर्षसम्म पुराना जहाजहरु बिक्रीमा राखेको हो ।

ठूलो ऋणभारबाट मुक्ति पाउनको लागि जहाज बिक्री गर्नुको विकल्प नदेखिएको कम्पनीका अधिकारीहरूले बताएका छन् । थाइल्याण्ड स्टक एक्सचेन्जका अनुसार कम्पनीको ऋणमात्र तीन सय ३२ बिलियन भाट रहेको छ।

कम्पनीले सन् १९९३ देखि २००३ सम्म उत्पादित १० वटा बोइङ ७४७–४००एस, सन् १९९६–१९९८ सम्मका ६ वटा बोइङ ७७७–२०० एस, सन् १९९८–२००० सम्म उत्पादित ६ वटा बोइङ ७७७–३०० एस सिरिजका जहाज बिक्री गर्ने निर्णय गरेको कम्पनीले सूचना जारी गरेको छ। कम्पनीले सन् १९९२–१९९३ मा उत्पादित दुई बोइङ ७३७–४०० एस सिरिजको जहाज पनि बिक्रीका लागि राखेको जनाएको छ। 

यसैगरी, कम्पनीले एयरबस ब्राण्डको १० वटा जहाज पनि विक्री का लागि राखेको छ । कम्पनीले  सन् २००५–२००८ सम्म उत्पादन भएका ६ वटा एयरबस ३४०–६००एस, सन्  २००५ देखि सन् २००७ सम्म उत्पादन भएका तीन एयरबस ३४०–५००एस र सन् १९९३ मा उत्पादित एउटा एयरबस ३००–६०० सिरिजको जहाज पनि बिक्रीका लागि राखिएको छ। 

गत साता जहाज खरिदका लागि आह्वान गरेको कम्पनीले शुक्रबारसम्मका लागि समयसीमा तोकेको छ। बिक्री भएका जहाज आउँदो सन् २०२१ को दोस्रो चौमासिकमा डेलिभरी दिने कम्पनीले जनाएको छ । 

ठूलो संख्यामा कर्मचारी कटौती गरेको कम्पनीले ऋणभार कम गर्न रेस्टुरेन्ट व्यवसाय समेत सञ्चालन गर्दै आएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।