logo

तारागाउँ रिजेन्सी होटल्सको नाफामा साढे २९ प्रतिशतको सुधार

    1267   पटक पढिएको

५ जेठ /अर्थ र व्यापार - तारागाउँ रिजेन्सी होटल्सको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणमा गत आवको यसै अवधिको तुलनामा साढे २९ प्रतिशतको सुधार देखिएको छ । होटल्सको बोनस र कर अघिको नाफा करिब ३६ करोड पुगेको छ । गत आवको तेस्रो त्रैमासमा २७ करोड ५४ लाख पाँच हजार नाफा आर्जन गरेको यस कम्पनीको नाफा ३५ करोड ६५ लाख ७६ हजार पुगेको हो ।

होटल्सको शेयर पूँजी एक अर्ब ८८ करोड ६६ लाख ५४ हजार र जगेडा कोषमा ७७ करोड ७७ लाख रुपैयाँ सञ्चित छ । समीक्षा अवगधिमा पूँजी स्थिर रहेको कम्पनीको जगेडा कोष ३६ करोड १८ लाख बढेको हो । कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक २५ रुपैयाँ २० पैसा, प्रतिशेयर नेटवर्थ १४६ रुपैयाँ ७७ पैसा र मूल्य आम्दानी अनुपात ९.४४ गुणा बढी छ । होटलको सेवा तथा बस्तुको कूल बिक्री आय गत आर्थिक वर्षको यहि अवधिको तुलनामा १२ करोड ९० लाख रुपैयाँले बढेर एक अर्ब ४ करोड ४८ लाख रुपैयाँ पुगेको छ । कम्पनीले अन्य बिजनेशबाट ११ करोड ९४ लाख रुपैयाँ आम्दानी गरेको छ । गत आवको यसै अवपिधमा अन्उ आम्दानी ८ करोड १४ लाख थियो ।

यस्तै बिक्री लागत २९ करोड ४६ लाख, प्रशासनिक र साधारण खर्च ३२ करोड ८० लाख, ह्रासकट्टी ९ करोड ९२ लाख र अन्य खर्च ८ करोड ५८ लाख गरेको छ । होटललाई सुविधा सम्पन्न बनाउन होटलले गत आवमा नै ब्यांक्वेट हल, मिटिङ्गको संरचनात्मक कार्य सम्पन्न गरिसकेको छ भने लबि लाउञ्ज र होटलको कोठाको पुर्ननिर्माण कार्य अगाडि बढाएको छ । होटल्सले जेठ २४ गते शुक्रबार आफ्नो २२ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा बिहान ११ बजे डाकेको भएको हो । साधारण सभाले गत वर्षको मुनाफाबाट शेयरधनीलाई १२.६३ प्रतिशत  बराबरको २२ करोड ८३ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । 


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।