logo

तारागाउँ रिजेन्सी होटल्सको नाफामा साढे २९ प्रतिशतको सुधार

    1522   पटक पढिएको

५ जेठ /अर्थ र व्यापार - तारागाउँ रिजेन्सी होटल्सको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणमा गत आवको यसै अवधिको तुलनामा साढे २९ प्रतिशतको सुधार देखिएको छ । होटल्सको बोनस र कर अघिको नाफा करिब ३६ करोड पुगेको छ । गत आवको तेस्रो त्रैमासमा २७ करोड ५४ लाख पाँच हजार नाफा आर्जन गरेको यस कम्पनीको नाफा ३५ करोड ६५ लाख ७६ हजार पुगेको हो ।

होटल्सको शेयर पूँजी एक अर्ब ८८ करोड ६६ लाख ५४ हजार र जगेडा कोषमा ७७ करोड ७७ लाख रुपैयाँ सञ्चित छ । समीक्षा अवगधिमा पूँजी स्थिर रहेको कम्पनीको जगेडा कोष ३६ करोड १८ लाख बढेको हो । कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक २५ रुपैयाँ २० पैसा, प्रतिशेयर नेटवर्थ १४६ रुपैयाँ ७७ पैसा र मूल्य आम्दानी अनुपात ९.४४ गुणा बढी छ । होटलको सेवा तथा बस्तुको कूल बिक्री आय गत आर्थिक वर्षको यहि अवधिको तुलनामा १२ करोड ९० लाख रुपैयाँले बढेर एक अर्ब ४ करोड ४८ लाख रुपैयाँ पुगेको छ । कम्पनीले अन्य बिजनेशबाट ११ करोड ९४ लाख रुपैयाँ आम्दानी गरेको छ । गत आवको यसै अवपिधमा अन्उ आम्दानी ८ करोड १४ लाख थियो ।

यस्तै बिक्री लागत २९ करोड ४६ लाख, प्रशासनिक र साधारण खर्च ३२ करोड ८० लाख, ह्रासकट्टी ९ करोड ९२ लाख र अन्य खर्च ८ करोड ५८ लाख गरेको छ । होटललाई सुविधा सम्पन्न बनाउन होटलले गत आवमा नै ब्यांक्वेट हल, मिटिङ्गको संरचनात्मक कार्य सम्पन्न गरिसकेको छ भने लबि लाउञ्ज र होटलको कोठाको पुर्ननिर्माण कार्य अगाडि बढाएको छ । होटल्सले जेठ २४ गते शुक्रबार आफ्नो २२ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा बिहान ११ बजे डाकेको भएको हो । साधारण सभाले गत वर्षको मुनाफाबाट शेयरधनीलाई १२.६३ प्रतिशत  बराबरको २२ करोड ८३ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । 


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।